सिंगो प्लेननै रिजर्भ गरेर ओलीले ५४ जनालाई लाने भए दिल्ली,राजेश हमाल देखी दिनेश डिसीसम्म



हाम्रो इकोनोमि

प्रधानमन्त्रीको शुक्रवारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटक चलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ।
नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबिच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो।

प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार भारतको राजकीय भ्रमणमा जान लागेका छन्। भ्रमण दलमा नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसी सहभागी हुनेछन्। नेपाली चलचित्र उद्योगलाई लामो समयदेखि आफ्नो छाप दिन सफल नायक हमालले भने, “प्रधानमन्त्रीको सरकारी भ्रमण टोलीमा सहभागी हुनु नै मेरा लागि खुसीको विषय हो।”

नेपाली चलचित्र उद्योगले ‘महानायक’को दर्जा दिएको हमाल नेपाल भारतबिच राजनीतिक पाटो मात्रै नभई कला संस्कृति, सामाजिक एवं सांस्कृतिक एवं चलचित्र क्षेत्रको समेत विशेष सम्बन्ध रहेको बताउँछन्।

नायक हमालले भन्नुभयो, “नेपाल र भारतबिच सामाजिक, भाषिक, सांस्कृतिक एवं कलाको समेत विशेष सम्बन्ध र पाटा छन्। यो निनान्त अलग पाटो हो। त्यससँगै धार्मिक पक्ष पनि छ। यी सबैलाई मध्यनजर गरी सम्बन्धको सेतुलाई अझ बढी प्रगाढ बनाउन हामी आफैँले प्रयास गर्नुपर्छ।”

दुई देशबिच राजनीतिकसँगै अरू सबै क्षेत्रमा महत्त्वपूर्ण सम्बन्ध अगाडि बढोस् भनेर नै प्रधानमन्त्रीको भ्रमण दलमा प्रतिनिधित्व गराइएको जस्तो आफूलाई लागेको नायक हमालको टिप्पणी छ। नेपाली कलाकार र भारतीय कलाकारबिचमा छलफलको कार्यक्रम पनि तय भएको छ भन्ने आफूले पाएको जानकारी दिँदै त्यसमा दुई उद्योगबिच मैत्री सम्बन्ध स्थापनाका लागि विशेष पहल हुने विश्वास व्यक्त गरे।

कला संस्कृतिले नै दुई देशको सम्बन्धलाई बढी प्रगाढ बनाएको स्मरण गर्दै नायक हमालले धार्मिक, गीत संगीतका पक्ष नै महत्त्वपूर्ण एवं सम्बन्ध विस्तारको खास पक्ष रहेको उल्लेख गरे।

भ्रमण दलका सदस्य निर्देशक डिसी कलाक्षेत्र र कलाकार राष्ट्रको प्राथमिकतामा छ भन्ने प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश गरिएकाले पनि स्पष्ट भएको बताए। “कलाकार पनि राष्ट्रका लागि काम गर्छन् भन्ने देखिएको छ, त्यो हामीले अनुभव गर्न पाएका छौँ”–खुसी व्यक्त गर्दै निर्देशक डिसीले भन्नुभयो, “कला क्षेत्र पनि राज्यको प्राथमिकताको क्षेत्र हो, महत्त्वपूर्ण क्षेत्र हो भन्ने कुरा सरकारले पहिचान गरेको छ।”

“संस्कृति र कलाको क्षेत्रमा काम गर्ने मान्छे पछाडि परेको, मनोरञ्जनमा मात्र प्रयोग हुने तर राष्ट्रको नीति निर्माणमा प्रयोग नहुने, उद्योगको रूपमा विकास नभएको र पेशाको रूपमा मात्र रहिरहेको भन्ने अवस्थामा कलाकर्मी पनि देशको अभिन्न अंग हो भनेर जसरी सरकारले सम्झेको छ, यो नै हाम्रा लागि विशेष गर्वको विषय हो”–निर्देशक डिसीले भने।

नेपाललाई चलचित्र पर्यटनस्थलको रूपमा विकास गर्न सकिने प्रशस्त आधार रहेको छ। नेपालको प्राकृतिक सौन्दर्य र भूबनोट चलचित्र पर्यटनका लागि उपयुक्त स्थल हो भन्ने पनि स्पष्ट भएको छ। प्रचारप्रसारको अभावमा चलचित्र पर्यटन फस्टाउन सकेको छैन।

नेपालको आर्थिक उन्नयनका लागि समेत चलचित्र पर्यटन एउटा विशिष्ट र महत्त्वपूर्ण पाटो हुन सक्ने निर्देशक डिसीको भनाइ छ। उनले भने, “हामीले युरोप अमेरिकाको पर्यटक ल्याउनै पर्दैन, भारत र चीनको मात्रै पर्यटक ल्याउन सकियो भने मात्रै नेपालको ठुलो आर्थिक विकास हुन सक्छ।”

नेपालका पोखरा, डोल्पा, जुम्ला, सोलुखुम्बुजस्ता स्थान विश्वकै लागि समेत सौन्दर्यको अनुपम स्थान भएकाले विदेशी चलचित्रकर्मीलाई नेपाल भित्र्याउनै पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...

मोदीले हिन्दीमा बोले, बालेनले नेपालीमा

    भारत भ्रमणमा रहेका प्रधानमन्‍त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त...

चुनावमा एमालेसँग मिल्ने सहमति भइसक्यो : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर...