आइजीपी बनाईदिनु भन्दै बालुवाटार पुगेका एक घण्टा कुरेर रित्तै फर्किए,यी हुन् चिफ बनाउन दलाली गर्दै पैसा उठाउने



हाम्रो इकोनोमि

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै संगठनका प्रमुख पद रिक्त हुन ७ दिनमात्र बाँकी हुँदा बीचौलियाहरुको चलखेल तीव्र भएको छ । सरकारले वर्तमान आइजीपीलाई बिदा बस्न लगाएर नयाँ आइजीपी नबनाएका कारण बीचौलियाहरुले सक्रिय हुने मौका पाएका छन् ।

एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्तादेखि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल र उनका सल्लाहकारकोमा आइजीपी बनाउने बीचौलियाहरुको दौडधूप चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै संगठनका आइजीपीका दाबेदारहरुलाई भेट नदिने भने पनि सोमबार बेलुका सशस्त्र प्रहरी बलका एआइजी शैलेन्द्र खनाल बालुवाटार पुगेका थिए । तर भेट नदिएपछि उनी एक घन्टा बसेर फर्किएको स्रोतले बताएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलको मानवस्रोत विभागका लेखाअधिकृत गणेशबहादुर मल्लले खनाललाई आइजीपी बनाउनका लागि देशभरका लेखापालहरुसँग सहयोग संकलन गर्न लागेको स्रोतले बताएको छ । स्रोतका अनुसार उनले लेखापालहरुलाई आइजीपी बनाउनका लागि आर्थिक सहयोग माग गरेका छन् ।

आइजीपीका दाबेदारहरु विगतमा जे जसरी डीआइजी र एआइजीमा बढुवा भए पनि ट्रयाक रेकर्ड हेरेर बनाउने चर्चा सुरु भएपछि सशस्त्रका खनाल बढी नै भयभीत भएका छन् । बिजय गच्छदारलाई प्रभावमा पारी एसएसपीबाट डीआइजीमा पहिलो नम्बरमा बढुवा भएका र डीआइजीबाट एआइजी बढुवा हुँदा सिनियर डीआइजी उत्तम खड्कालाई रोकेका खनाल ट्रयाक रेकर्ड हेर्ने भएपछि भयभीत भएका छन् । उनले आइजीपी हुनका लागि प्रधानमन्त्री, गृहमन्त्रीका आसेपासे, नेताहरुको मात्र नभएर नेताका सवारी चालकलाई समेत निकै महत्व दिएका छन् ।

जलस्रोत तथा ऊर्जामन्त्री बर्षमान पुनका पूर्व सवारी चालक सुरज अधिकारीलाई पनि एआइजी खनालले आइजीपी बढुवा हुनका लागि परिचालन गरेका छन् । अधिकारीको रासोबासो नै अहिले सशस्त्रको मानवस्रोत विभागमा हुने गरेको छ । पुनका पूर्व सवारी चालक अधिकारीले सशस्त्रका सिपाही हवल्दारदेखि एपीएफ क्लवका कलाकारहरुलाई समेत हाकिमले झैं थर्काउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...