ओली भारत नजादै राजपाले सरकार ढाल्न भन्दै यस्तो गर्यो निर्णय



हाम्रो इकोनोमि

टीकापुर घटनाका आरोपित सांसद रेशम चौधरीको विषयलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सशक्त रूपमा उठाउने तयारी गरेको छ।

राजपाले चौधरीलाई निर्वाचनको प्रमाणपत्र उपलब्ध गराउन तथा शपथ ग्रहणको व्यवस्था तत्काल गराउन सरकारसँग माग गरेको छ।
सिंहदरबारस्थित राजपाको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकमा सांसद चौधरीलाई शपथ ग्रहण गराउने व्यवस्था मिलाउन सरकारलाई दबाब दिने विषयमा छलफल भएको छ।र ओली सरकारलाई जसरी हुन्छ घुंडा टेकाउने नीति राजपाले पास गरेको छ।

राजपाका सहध्यक्ष लक्ष्मणलाल कर्णले सांसद चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन र शपथ ग्रहण गराउनेबारे सकारलाई थप दबाब दिने विषयमा छलफल भएको बताए।

यसैगरी हालै मधेशका जिल्लाहरूमा असिना पानीका कारण लाखौंको क्षति भएको भन्दै राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
असिनाबाट किसानको बाली नष्ट भएको जनाउँदै पीडितहरूको अध्ययन गरी तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको कर्णले बताए।

राजपाले संसदीय दलको विधान निर्माणको जिम्मेवारी सहध्यक्ष कर्णलाई दिएको छ। सक्दो छिटो विधान निर्माण गर्ने जिम्मेवारी लाललाई दिइएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए।

संसदीय दलको विधान नहुँदा हालसम्म राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन। राजपाभित्र संसदीय दलको नेताका लागि तीन जना नेताहरूले दाबी गर्दै आएका छन्।

नेपालले १० हजार लेबी उठाउने निर्णय गरेको छ। सिंहदरबारमा विहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदबाट १० हजारका दरले लेबी लिने निर्णय गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए।

प्रतिनिधिसभामा राजपाका १७ सांसद छन् भने राष्ट्रियसभामा २ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...