ओली भारत नजादै राजपाले सरकार ढाल्न भन्दै यस्तो गर्यो निर्णय



हाम्रो इकोनोमि

टीकापुर घटनाका आरोपित सांसद रेशम चौधरीको विषयलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सशक्त रूपमा उठाउने तयारी गरेको छ।

राजपाले चौधरीलाई निर्वाचनको प्रमाणपत्र उपलब्ध गराउन तथा शपथ ग्रहणको व्यवस्था तत्काल गराउन सरकारसँग माग गरेको छ।
सिंहदरबारस्थित राजपाको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकमा सांसद चौधरीलाई शपथ ग्रहण गराउने व्यवस्था मिलाउन सरकारलाई दबाब दिने विषयमा छलफल भएको छ।र ओली सरकारलाई जसरी हुन्छ घुंडा टेकाउने नीति राजपाले पास गरेको छ।

राजपाका सहध्यक्ष लक्ष्मणलाल कर्णले सांसद चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन र शपथ ग्रहण गराउनेबारे सकारलाई थप दबाब दिने विषयमा छलफल भएको बताए।

यसैगरी हालै मधेशका जिल्लाहरूमा असिना पानीका कारण लाखौंको क्षति भएको भन्दै राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
असिनाबाट किसानको बाली नष्ट भएको जनाउँदै पीडितहरूको अध्ययन गरी तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको कर्णले बताए।

राजपाले संसदीय दलको विधान निर्माणको जिम्मेवारी सहध्यक्ष कर्णलाई दिएको छ। सक्दो छिटो विधान निर्माण गर्ने जिम्मेवारी लाललाई दिइएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए।

संसदीय दलको विधान नहुँदा हालसम्म राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन। राजपाभित्र संसदीय दलको नेताका लागि तीन जना नेताहरूले दाबी गर्दै आएका छन्।

नेपालले १० हजार लेबी उठाउने निर्णय गरेको छ। सिंहदरबारमा विहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदबाट १० हजारका दरले लेबी लिने निर्णय गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए।

प्रतिनिधिसभामा राजपाका १७ सांसद छन् भने राष्ट्रियसभामा २ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...