सलमान खानलाई पाँच वर्षको जेल सजाय,किन बोल्नै डराएर कालो निलो भए?



कालो हरिणको शिकार प्रकरणमा दोषी ठहर भएका बलिउडका सुपरस्टार सलमान खानलाई अदालतले पाँच वर्ष जेल र १० हजार रुपैयाँ जरिवाना तोकेको छ।

जोधपुर अदालतले बिहीबार सलमानलाई हरिणको शिकार प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय र १० हजार जरिवाना तोकेको हो। दोषी प्रमाणित भएपछि सलमानलाई जोधपुर केन्द्रीय कारागारमा पठाइने भएको छ। अदालतले आफूलाई दोषी प्रमाणित गरेपछि सलमानले पत्रकारहरुसँग प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

यसअघि सलमानका वकिलले सलनमानलाई दुई वर्षभन्दा कम सजाएको माग गरेका थिए भने सरकारी वकिलले ६ वर्षसम्मको सजाय माग गरेका थिए।

सन् १९९८ मा जोधपुरको एक गाउँमा फिल्म सुटिङको सिलसिलामा पुगेका सलमानसहितको टोलीले कालो हरिणको सिकार गरेको आरोप यसअघि लाग्दै आएको थियो। सलमानले सिकार गरिएको भनेर आरोप लगाएको समयमा आफू होटेलमै रहेको दावी गर्दै आइरहेका थिए।

सलमानसँगै अभिनेता सैफअली खान, अभिनेत्रीहरु सोनाली बेन्द्रै, तब्बु र निलम यसमा सहभागी भएको भन्दै मुद्दा दायर भए पनि अदालतले सलमानलाई मात्रै दोषी ठहर गरी अरुलाई सफाइ दिएको छ।

सलमान सन १९९८ मा ‘हम साथ साथ है’को सुटिङका क्रममा कालो हरिणको शिकार गरेको आरोप लागेको थियो। यस केसमा सलमा त्यतिबेलै पक्राउ परी ५ दिनसम्म प्रहरी हिरासतमा समेत बसेका थिए।

वन अधिकृत ललित बोडाले यस मामिलामा जोधापुरको लुणी प्रहरी चौकीमा १५ अक्टोबर १९९८ मा सलमानका विरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीमा उनले सलमानले १-२ अक्टोबर १९९८ मा रातिको समयमा कांकाणी गाउँको सरदहमा कालो हरिडको सिकार गरेको आरोप लगाएका छन्।

यदालतले यस प्रकरणमा अन्तिम बहस मार्च २८ मा सम्पन्न गरेको थियो भने फैसला आज आएर गरेको हो।
अदालतले सलमानलाई दोषी ठहर गरे पनि उनी फैसलाविरुद्ध पुनरावेदन भने जान सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा, यस्तो छ मूल्य र फिचर

    बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि

आधुनिक किचनका लागि माइडिया वाईफाई रेफ्रिजेरेटर, घर बाहिर बाटनै कन्ट्रोल गर्न सकिने

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा