घुसको कुत उठाउने भन्सार बिभागका प्रमुखलाई अर्थमन्त्रीले सोझै हाने किक,को-को परे सरुवामा



हाम्रो इकोनोमि

अर्थमन्त्री युवराज खतिवडाले भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीको सरुवा गरेका छन्।
स्रोतका अनुसार रेग्मीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै खतिवडाले ठूला करदाता कार्यालयका प्रमुख गङ्गाराम गेलाललाई पनि सरुवा गरेका छन्।

खतिवडाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहेका प्रेम राय र काठमाडौं महानगरपालिका प्रमुख प्रशासनिक अधिकृत धनि राम शर्मालाई अर्थ मन्त्रालय ल्याएका छन्।

राय आन्तरिक राजश्व विभागका र भन्सार विभागका उप-महानिर्देशक र एयरपोर्ट भन्सार कार्यालयका प्रमुख पनि भएका थिए। अर्थ सम्बद्ध स्रोतका अनुसार खतिवडाले राय अथवा अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेललाई भन्सार विभागको महानिर्देशक बनाउने सम्भावना रहेको छ।

सरकारले बुधबार १८ जना सहसचिवको सरुवा गरेको हो। सरुवा हुने अन्य कर्मचारीमा आपूर्ति विभागका महानिर्देशक कुमार दाहाल, सामान्य प्रशासन मन्त्रालयका बलराम रिज्याल, कम्पनी रजिष्ट्रार कार्यालय प्रमुख गीताकुमारी हुमेगाई रहेका छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...