ओली सरकारले गरेका निर्णय प्रति कांग्रेसले मनायो खुसी,बिपक्षीको स्वागत,ओली सबैको साझा हुदै



हाम्रो इकोनोमि

यातायात व्यवसायीको सिन्डिकेट तोड्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशंसा गरेको छ। काठमाडौं-बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ स्थानीय व्यवसायी समितिले सेवा रोकेपछि सरकारले नयाँ ८ कम्पनीलाई इजाजत दिँदै यातायात सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको थियो।

सरकारको पछिल्लो निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले समेत राम्रो काम गरेको भन्दै समर्थन गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताउँदै सरकारको कामको समर्थन गरेका छन्।

सामाजिक सञ्चाज ट्विटरमा प्रवक्ता शर्माले काठमाडौं-धुलिखेलपछि अब मुलुकभर सरकारले पछिल्लो निर्णय विस्तार हुनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्,’लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य वा नीजि क्षेत्र कसैले पनि निषेधको व्यवहार कसैप्रति गर्ने कुरा ग्राह्य हुनुहुन्न।’

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...