ओली सरकारले गरेका निर्णय प्रति कांग्रेसले मनायो खुसी,बिपक्षीको स्वागत,ओली सबैको साझा हुदै



यातायात व्यवसायीको सिन्डिकेट तोड्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रशंसा गरेको छ। काठमाडौं-बनेपा रुटमा सिन्डिकेट गर्दै आएका ११ स्थानीय व्यवसायी समितिले सेवा रोकेपछि सरकारले नयाँ ८ कम्पनीलाई इजाजत दिँदै यातायात सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको थियो।

सरकारको पछिल्लो निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले समेत राम्रो काम गरेको भन्दै समर्थन गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताउँदै सरकारको कामको समर्थन गरेका छन्।

सामाजिक सञ्चाज ट्विटरमा प्रवक्ता शर्माले काठमाडौं-धुलिखेलपछि अब मुलुकभर सरकारले पछिल्लो निर्णय विस्तार हुनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्,’लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य वा नीजि क्षेत्र कसैले पनि निषेधको व्यवहार कसैप्रति गर्ने कुरा ग्राह्य हुनुहुन्न।’

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार  ०८ : ०६  बजे

प्रतिक्रिया दिनुहोस
पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन

     त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्

भदौ ३१ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण

    प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने

केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी

वित्तीय प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको