स्वास्थ्य केन्द्रलाई रु दुई करोडको जग्गा सहयोग



हाम्रो इकोनोमि

यहाँका एक व्यक्तिले स्वास्थ्य केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकालाई रु दुई करोड बराबरको जग्गा सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले वडा नंं ८ मा सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रलाई स्व भीमसेनबहादुर शाहका छोरा अभिषेक शाहले तुलसीपुर–८ मा रहेको १३ कट्ठा जग्गा उपलब्ध गराएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभएको छ ।

सो जग्गाको चल्ती मूल्य रु एक करोड ९५ लाख रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभामा बुधबार शाहले जग्गाको लालपूर्जा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो । जग्गादाता शाहलाई प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सो अवसरमा सम्मानसमेत गर्नुभएको थियो ।

उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...