नरेन्द्र मोदीका बिश्वाश पात्रको नाम भ्रमण टोलीबाट ओलीले काटे,भ्रमण नै असफल हुने आयो यस्तो संकेत



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओलीको चैत्र २३ गतेदेखि हुने तीन दिने राजकीय भारत भ्रमणको टोलीबाट नेपालका एकमात्रै खर्बपति रहेका सांसद विनोद चौधरीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका छन् ।

प्रधानमन्त्रीको ‘डेलिगेसन’ टोली कम्तिमा पनि ५० जनासम्म हुने तय भएको छ । टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, मिडियाका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायत गरेर ५० जनासम्मको हुने भएको हो ।

यो टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् । यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो ।

सूत्रहरुले दिएको जानकारी अनुसार भारत भ्रमणमा आफू पनि सहभागी हुने भन्दै चौधरीले प्रधानमन्त्रीसँग आग्रह नै गरेका थिए । तर यसपटक प्रधानमन्त्रीले चौधरीलाई भ्रमण टोलीमा सहभागी नै नगराउने निर्णय गरेका छन् । चौधरीले कांग्रेसको तर्फबाट आफूपनि सहभागी हुने भन्दै डेलिगेशनम सहभागी गराउन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले भने उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघबाट समेट्ने भन्दै चौधरीलाई लैजानै चाहेनन् ।
स्रोतका अनुसार भारतसँग आफ्नो धेरै राम्रो सम्बन्ध छ भनेर चौधरीले बोल्ने गरेका थिए । यतिसम्म कि चौधरीले भारतीय नेताहरुसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताउँदै आएका छन् । तर यसपटक प्रधानमन्त्री ओलीले उनलाई सहभागी गराउँदा भ्रमण नै असफल हुनेसक्ने आशंका गर्दै चलाखीपूर्ण ढंगले चौधरीको नाम हटाईदिएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग भनेका छन्,‘चौधरीलाई सँगै लैजाँदा भ्रमण नै असफल हुनसक्छ, त्यसैले उनलाई नलैजाँदै बेश हुन्छ।’चौधरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बिश्वास पात्र समेत हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...