ओलीको बोलीलाई उनकै मन्त्रीले दिए च्यालेन्ज,ओलीले २ वर्षमा गर्ने काम उनका मन्त्रीले ५ महिनामै गर्दिने भए



हाम्रो इकोनोमि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालले आफ्नै आधुनिक रेल कुदाएर छाड्ने बताएका छन्।काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने दाबी गरे।

‘प्रधानमन्त्रीले दुई वर्षभित्र भन्नुभएको थियो, तर हामी बढीमा अबको ६ महिनाभित्रै निश्चित दुरीमा रेल कुदाउँछौं,’ उनले भने, ‘अहिले द्रुत गतिले काम भइरहेको छ। दुई वर्षभित्र हामीले रेलमार्गका लागि धेरै काम गरिसकेका हुनेछौं।’

उनले पूर्व–पश्चिम रेलमार्गलाई पनि अघि बढाउने विश्वास दिलाए। ‘यसको लागि हामीले धेरै डिपिआर बनाइसकेका छौं। कामहरु धमाधम भइरहेका छन्,’ उनले भने, ‘उत्तरतिरबाट केरुङ र काठमाडौं, काठमाडौं र पोखरा तथा पोखरा र लुम्बिनी जाेडिन्छ। लुम्बिनीलाई केरुङ रुट र तराईबाट आउने रुटबाट पनि जोड्न चाहन्छौं।’
मन्त्री महासेठले ५ वर्षभित्रमा काठमाडौंवासीले रेल चढ्न पाउने दाबी गरे।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...