पार्टी एकताका बिषयमा फाइनल कुरा गर्न एमालेले डाक्यो केन्द्रीय कमिटीको बैठक



हाम्रो इकोनोमि

नेकपा एमालेले आगामी ७ गतेको लागि केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समितिको बैठकले पार्टी एकता लगायतका विषयमा बिस्तृत छलफल गर्न ७ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । सो अघि बैशाख ६ गते पोलिटब्यूरो बैठक पनि बस्नेछ । बैठकमा पार्टीको नीति, कार्यक्रम, बजेटलगायतका विषयमा समेत छलफल हुनेछ ।

बुधबारको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माओवादी सङ्गको पार्टी एकताका विषयमा सङ्क्षिप्त जानकारी गराएका थिए । उनले भोलि एकता संयोजन समितिको बैठकबाट दुवै कार्यदलका प्रतिवेदन अनुमोदन गर्ने र बैशाख ९ गते पार्टी एकताको सार्वजनिक घोषणा गर्ने विषयमा जानकारी गराएको बताइएको छ ।

यस्तै उनले आसन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराएका थिए । आफ्नो भारत भ्रमण देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउनका लागि भएको उनको भनाई थियो ।
बैठकले नेता जेपी भेटवालको निधनमा शोक प्रस्ताव समेत पारित गरेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...