भारत जानु अघी यी पाँच भाई पूर्व प्रधानमन्त्रीले ओलीलाई दिए यस्तो अर्ती,अब के गर्लान ओलीले



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्धामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठुला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्धामा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीको भ्रमणलाई सद्भाव भ्रमण मात्रै नबनाउन उनीहरुले सुझाव समेत दिएका छन् । आगामी शुक्रबार ३ दिने भ्रमणका लागि दिल्ली जानुअघि प्रधानमन्त्री ओलीले अनुभव साटासाट गर्न आज पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी, लगायतसंग छलफल गरेका थिए ।

सुझाव दिने क्रममा पूर्व प्रधानमन्त्री एवं कंग्रेस सभापति शेर बहादुर देउवाले ओलीलाई भ्रमणको शुभकामना दिँदै व्यापार घाटा कम गर्ने एजेण्डा उठाउन आग्रह गरे । पूर्व प्रधानमन्त्री एवं माओवाद्र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गर्दा भारतसंग बिग्रिएको सम्बन्ध संविधान कार्यन्वयनका क्रममा सुध्रने विश्वास व्यक्त गरे ।

उनले आर्थिक समृद्धि र स्थायित्वका लागि भ्रमण फलदायी हुने बताए । मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतसंग पुरानै सोचले नयाँ सम्वन्ध कायम हुन नसक्ने बताए । उनले २१ औं सताब्दीको विश्व परिवेश अनुसार नेपाल र भारत सम्बन्ध विकास हुनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री माधव नेपालले भारतसंग नेपालको सम्बन्ध भाई भाई नभई मित्रताको हुनुपर्ने बताए । उनले भारतसंग नयाँसम्बन्ध भन्दा पनि यसअघि भएका पुराना सम्झौता कार्यान्वयनमा नेपालले जोड दिनुपर्ने बताए । नेपाललाई हेर्ने भारतीय सोचमा परिवर्तन आएको भन्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुबै मुलुकलाई फाईदा हुनेगरि सन्धी सम्झौता हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री भए पश्चात आगामी शुक्रबार पहिलो विदेश भ्रमणका रुपमा भारत जाँदै छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी लगायत उच्च पदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीले भारत भ्रमण विगतका सम्झौता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने भन्दै कुनै किसिमका गलत सहमति नगर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...