पार्टी एकताका लागी खुट्टा काटेर भए पनि जुत्ता मिलाउन ओली राजी,प्रचण्डले भने-एकता यसरी टर्दैछ



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनका दुवै पार्टीभित्र एकता विरोधी शक्तिहरु रहेको बताएका छन्।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष दाहालले वाम एकता हुन नदिन बाह्य शक्ति समेत लागेको दाबी गर्दै एमाले र माओवादीका केही नेताले पनि एकता नचाहेको स्पष्ट पारे। ‘एमाले र माओवादीभित्रैका केही मानिसमा एकता नहुँदा पनि हुन्छ भन्ने मनोविज्ञान देखिन्छ। तर मूल नेतृत्व त्यसलाई चिरेर जानुपर्नेमा एकमत रहेकाले निर्धारित समयमै एकता हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक माओवादी नेताले भने।

पार्टी एकताका लागि सांगठनिक व्यवस्थापन चुनौतीपूर्ण र महत्वपूर्ण रहेको बताउँदै दाहालले कम्युनिस्ट पार्टी स्थापनाको दिन बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी भएको खुलाए।

चुनावी तालमेल र सरकार विस्तारमा भएको भागबण्डा पार्टी एकतामा लागू नहुने बताउँदै अध्यक्ष दाहालले पार्टी एकता समानता र सहअस्तित्वका आधारमा हुने दाबी गरेका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमेत त्याग गरेर भए पनि पार्टी एकता गर्ने पक्षमा रहेकाले एमाले र माओवादी एक हुने उनले बताएका थिए।

‘अन्तिममा खुट्टा काटेर भए पनि जुत्ता मिलाउनुपर्छ भनेर ओलीजीले समेत भन्नुभएको छ। दुवै पक्षबाट त्याग गरेर भए पनि एकता गर्न एमाले तयार छ,’ दाहालले बैठकमा सुनाए। कार्यदलले एकीकृत पार्टीको केन्द्रीय कमिटीको संख्या २ सय ९९ सिफारिस गरे पनि त्यसमा हेरफेर हुन सक्ने दाहालको भनाइ थियो।

‘नेताहरुको व्यवस्थापन समेत मुख्य विषय भएकाले केन्द्रीय कमिटी ३ सय २५ पनि हुन सक्छ, ३ सय ५१ समेत पुर्‍याउन सकिन्छ। यस विषयमा छलफल गर्न बाँकी छ,’ उनले भने।

बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको भारत भ्रमण ‘गुडविल’ भ्रमण हुने बताएका थिए।

पार्टी एकता प्रक्रियामा रहेकाले माओवादीले तत्काल संसदीय दलको पदाधिकारीको निर्वाचन नगर्ने भएको छ।

माओवादीको यसअघिको संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष दाहाल र प्रमुख सचेतकमा देव गुरुङलाई जिम्मेवारी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...