पार्टी एकताका लागी खुट्टा काटेर भए पनि जुत्ता मिलाउन ओली राजी,प्रचण्डले भने-एकता यसरी टर्दैछ



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनका दुवै पार्टीभित्र एकता विरोधी शक्तिहरु रहेको बताएका छन्।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष दाहालले वाम एकता हुन नदिन बाह्य शक्ति समेत लागेको दाबी गर्दै एमाले र माओवादीका केही नेताले पनि एकता नचाहेको स्पष्ट पारे। ‘एमाले र माओवादीभित्रैका केही मानिसमा एकता नहुँदा पनि हुन्छ भन्ने मनोविज्ञान देखिन्छ। तर मूल नेतृत्व त्यसलाई चिरेर जानुपर्नेमा एकमत रहेकाले निर्धारित समयमै एकता हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक माओवादी नेताले भने।

पार्टी एकताका लागि सांगठनिक व्यवस्थापन चुनौतीपूर्ण र महत्वपूर्ण रहेको बताउँदै दाहालले कम्युनिस्ट पार्टी स्थापनाको दिन बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी भएको खुलाए।

चुनावी तालमेल र सरकार विस्तारमा भएको भागबण्डा पार्टी एकतामा लागू नहुने बताउँदै अध्यक्ष दाहालले पार्टी एकता समानता र सहअस्तित्वका आधारमा हुने दाबी गरेका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमेत त्याग गरेर भए पनि पार्टी एकता गर्ने पक्षमा रहेकाले एमाले र माओवादी एक हुने उनले बताएका थिए।

‘अन्तिममा खुट्टा काटेर भए पनि जुत्ता मिलाउनुपर्छ भनेर ओलीजीले समेत भन्नुभएको छ। दुवै पक्षबाट त्याग गरेर भए पनि एकता गर्न एमाले तयार छ,’ दाहालले बैठकमा सुनाए। कार्यदलले एकीकृत पार्टीको केन्द्रीय कमिटीको संख्या २ सय ९९ सिफारिस गरे पनि त्यसमा हेरफेर हुन सक्ने दाहालको भनाइ थियो।

‘नेताहरुको व्यवस्थापन समेत मुख्य विषय भएकाले केन्द्रीय कमिटी ३ सय २५ पनि हुन सक्छ, ३ सय ५१ समेत पुर्‍याउन सकिन्छ। यस विषयमा छलफल गर्न बाँकी छ,’ उनले भने।

बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको भारत भ्रमण ‘गुडविल’ भ्रमण हुने बताएका थिए।

पार्टी एकता प्रक्रियामा रहेकाले माओवादीले तत्काल संसदीय दलको पदाधिकारीको निर्वाचन नगर्ने भएको छ।

माओवादीको यसअघिको संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष दाहाल र प्रमुख सचेतकमा देव गुरुङलाई जिम्मेवारी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस
अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...