राष्ट्रिय पञ्चायतभित्रै बसेर पञ्चायत विरुद्ध संघर्ष गरेर चर्चित बनेका जागृतप्रसाद भेटवालको निधन



हाम्रो इकोनोमि

चर्चित बामपन्थी नेता जागृतप्रसाद भेटवालको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा बुधबार दिउसो निधन भएको छ। राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य भेटवाल लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेका थिए।

२०४३ को निर्वाचनमा चितवनबाट जनपक्षीय उम्मेदवारका रुपमा अत्याधिक मतका साथ निर्वाचित भएपछि राष्ट्रिय पञ्चायतमा खेलेको भूमिकाले उनलाई राष्ट्रिय राजनीतिमा चर्चित बनाएको थियो।

पदमरत्न तुलाधर (काठमाडौं), द्रोणाचार्य क्षेत्री (झापा), नोबेल केमी राई (इलाम), सोमनाथ अधिकारी प्यासी र भेटवाल लगागत जनपक्षीय समूहले राष्ट्रिय पञ्चायतभित्रै बसेर पञ्चायत विरुद्ध संघर्ष गर्ने गरेको थियो।

२०४३ को राष्ट्रिय पञ्चायतका अलावा २०४८ र ०५१ को प्रतिनधि सभामा समेत भेटवालले चितवनबाटै विजय हासिल गरेका थिए। तर ०५६ को निर्वाचनमा पराजित भएपछि उनी राजनीतिबाट किनारामा पारिए।

०६४ को संविधान सभा निर्वाचनमा चितवन–१ बाट उम्मेदवारीका दावेदार भएपनि टिकट पाउन सकेनन्। त्यसको केही समयपछि उनलाई क्यान्सरले समात्यो। त्यसपछि त उनी राजनीतिक रुपमा पनि सक्रिय हुन सकेनन्।
क्यान्सरले च्याप्दै लगेपछि उनलाई भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...