राष्ट्रिय पञ्चायतभित्रै बसेर पञ्चायत विरुद्ध संघर्ष गरेर चर्चित बनेका जागृतप्रसाद भेटवालको निधन



हाम्रो इकोनोमि

चर्चित बामपन्थी नेता जागृतप्रसाद भेटवालको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा बुधबार दिउसो निधन भएको छ। राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य भेटवाल लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेका थिए।

२०४३ को निर्वाचनमा चितवनबाट जनपक्षीय उम्मेदवारका रुपमा अत्याधिक मतका साथ निर्वाचित भएपछि राष्ट्रिय पञ्चायतमा खेलेको भूमिकाले उनलाई राष्ट्रिय राजनीतिमा चर्चित बनाएको थियो।

पदमरत्न तुलाधर (काठमाडौं), द्रोणाचार्य क्षेत्री (झापा), नोबेल केमी राई (इलाम), सोमनाथ अधिकारी प्यासी र भेटवाल लगागत जनपक्षीय समूहले राष्ट्रिय पञ्चायतभित्रै बसेर पञ्चायत विरुद्ध संघर्ष गर्ने गरेको थियो।

२०४३ को राष्ट्रिय पञ्चायतका अलावा २०४८ र ०५१ को प्रतिनधि सभामा समेत भेटवालले चितवनबाटै विजय हासिल गरेका थिए। तर ०५६ को निर्वाचनमा पराजित भएपछि उनी राजनीतिबाट किनारामा पारिए।

०६४ को संविधान सभा निर्वाचनमा चितवन–१ बाट उम्मेदवारीका दावेदार भएपनि टिकट पाउन सकेनन्। त्यसको केही समयपछि उनलाई क्यान्सरले समात्यो। त्यसपछि त उनी राजनीतिक रुपमा पनि सक्रिय हुन सकेनन्।
क्यान्सरले च्याप्दै लगेपछि उनलाई भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...