प्रधानमन्त्री केपी ओलीको स्वास्थमा देखियो यस्तो समस्या,खुट्टा दुख्यो भन्दै बसेरै भाषण गरे



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनयता कमजोरी, थकाइ लाग्ने र शरीरमा पानीको कमी हुने जस्ता समस्या देखिएका छन्।प्रधानमन्त्री ओली निकटवर्ती स्रोतका अनुसारको कार्यको बोझ, व्यस्तता, तनाव, आरामको कमी, अनियमित खानासँगै पर्याप्त मात्रामा सुत्न नपाउँदा उनमा ती समस्या उत्पन्न भएको छ।

मिर्गौला प्रत्यारोपणको १० वर्षयता लगातार दिनमा कम्तिमा पनि तीनपटक औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीलाई चिकित्सकले पर्याप्त सुत्न, धेरै दौढधूप नगर्न सुझाव दिएपनि कार्यचापले त्यो व्यवस्थापन गर्न उनी असक्षम छन्।

केही दिन अघि अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रममा ओलीले आफुलाई खुट्टा दुख्ने समस्या भएको भन्दै बसेरै बोल्नुपर्ने बाध्यता भएको सुनाएका थिए, कारण थियो उनको कमजोरी।

‘उहाँले नियमित औषधि खानु पर्छ र स्वास्थ्य परीक्षण पनि एक डेढ महिनाको अन्तरालमा गर्नु पर्छ। तर त्यसो हुन सकेको छैन प्रधानमन्त्री ओलीको मामलामा’, स्रोतले भन्यो।

चिकित्सकले प्रधानमन्त्री ओलीलाई बजारमा पाइने मिनिरल वाटरको सट्टा घरकै सफा पानी पिउन र निवासमै पकाएको खाना खान समेत सुझाव दिएका छन्।

सोही सुझाव अनुसार प्रधानमन्त्री ओलीले सार्वजनिक समाराहोमा निवासबाटै पठाइएको पानी पिउने र खाना खाने गरे पनि उनी प्राय: दुई बजेपछि मात्र सुत्ने जाने गरेकाले आवश्यक मात्रामा निन्द्राबाट बञ्चित भएकाले त्यसले शारीरिक थकावट र मानसिक तनाव उत्पन्न गराएको छ।

यदाकदा निजी चिकित्सकले सुझाउँदा प्रधानमन्त्री ओलीले ‘मलाई केही हुन्न, म ठिक छु तपाईहरु हुँदै हुनुहुन्छ नि’ भन्ने गरेको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीलाई ११ बजे नै सुत्न चिकित्सकले सुझाव दिए पनि राति अबेरसम्म चल्ने भेटघाटपछि पनि उनी १/२ बजेसम्म अध्ययन गर्छन्।

यता आएर कमजोरीका कारण प्रधानमन्त्री ओलीले कहिलेकाहिँ ग्लुकोज पानीसमेत खाने गरेका छन्।

मिर्गौला प्रत्यारोपणपछि चार वर्षअघि ‘फंगल म्यानेनजाइटिस’ हुँदा प्रधानमन्त्री ओलीको स्वास्थ्य निकै गम्भीर बनेको थियो।त्यसपछि प्रधानमन्त्री ओली थाइल्याण्ड पुगेर नियमित उपचार गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...