पार्टी एकता गर्न बनाईएका कार्यदल एमाले र माओबादीले भंग गरे,बालुवाटारमा यस्तो भयो निर्णय



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेका छन्।पार्टी एकता संयोजन समितिको आजको बैठमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलले आ-आफ्नो प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमाथि छलफल गर्दै नेताहरुले बैशाख ९ मा पार्टी एकता घोषणा गर्ने प्रयास गर्ने बताएका हुन्।

प्रतिवेदन बुझाएसँगै आजबाट कार्यदल भंग गरिएको छ। प्रतिवेदनमा मिल्न बाँकी विवादका विषय २२ गते बस्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने समझदारी भएको छ।

‘दुवै अध्यक्षहरु सकारात्मक हुनुभयो’, बैठकमा सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘२२ गते पुन: बैठक बसेर थप छलफल गरिनेछ।’

दुवै पार्टीबीच जनयुद्ध, पार्टीको केन्द्रीय तहमा बराबरी हैसियत र चुनाव चिह्नबारे विवाद छ।

माओवादीले समानताका आधारमा सम्मानजनक एकताका लागि बराबरी हैसियत एकीकृत पार्टीमा माग गरेको छ। एमालेले भने संगठन र चुनावी परिणाम अनुसारको हैसियतसहित सांगठनिक संरचनाको आधार बनाउनुपर्ने बताएको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता श्रेष्ठले वैशाख १ गते नै पार्टी एकता गर्ने विषयमा नेताहरुले धारणा राखेको र त्यही विषयमा आजको छलफल केन्द्रीत भएको बताए ।

दुई दलले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअधि नै एकता गर्ने बताएका थिए । तर, विभिन्न विषयमा सहमति जुटन नसकेपछि एकता लम्बिएको छ ।

यसबीच दुई दल वैशाख ९ गते अर्थात २२ अप्रिलका कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता घोषणासभा गर्ने तयारीमा जुटेका थिए

दुई पार्टीबीच एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...