बाम एकताका लागी बनेका दुबै कार्यदलले प्रतिवेदन बुझाए,अब चाही यसरी हुने भयो एकता



हाम्रो इकोनोमि

पार्टी एकताका लागि गठित एमाले–माओवादी केन्द्र बीचको एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

आजको बैठकमा बैचारिक दस्तावेज निर्माण र संगठनात्मक स्वरुप र विधान निर्माण सम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएका छन्।ती दुई कार्यदलको संयोजक एमाले बरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ तोकिएका थिए।

एकता प्रक्रियालाई अन्तिम टुङ्गोमा पुर्‍याउन गठन गरिएका कार्यदलले प्रतिवेदन बुझाउनु अघि दुबै पार्टीले आआफ्नो उच्चस्तरीय बैठक डाकेका थिए।

तर, माओवादी केन्द्रको सचिवालय बैठक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण एमाले स्थायी समिति बैठक बस्न सकेन।
प्रतिवेदन ग्रहणपछि आजको बैठकबाट एकता सम्बन्धमा नयाँ निर्णय हुने अपेक्षा गरिएपनि एमाले स्थायी समितिको बैठक नभएकाले त्यस्तो सम्भावना टरेको नेताहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...