बाम एकताका लागी बनेका दुबै कार्यदलले प्रतिवेदन बुझाए,अब चाही यसरी हुने भयो एकता



हाम्रो इकोनोमि

पार्टी एकताका लागि गठित एमाले–माओवादी केन्द्र बीचको एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

आजको बैठकमा बैचारिक दस्तावेज निर्माण र संगठनात्मक स्वरुप र विधान निर्माण सम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएका छन्।ती दुई कार्यदलको संयोजक एमाले बरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ तोकिएका थिए।

एकता प्रक्रियालाई अन्तिम टुङ्गोमा पुर्‍याउन गठन गरिएका कार्यदलले प्रतिवेदन बुझाउनु अघि दुबै पार्टीले आआफ्नो उच्चस्तरीय बैठक डाकेका थिए।

तर, माओवादी केन्द्रको सचिवालय बैठक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण एमाले स्थायी समिति बैठक बस्न सकेन।
प्रतिवेदन ग्रहणपछि आजको बैठकबाट एकता सम्बन्धमा नयाँ निर्णय हुने अपेक्षा गरिएपनि एमाले स्थायी समितिको बैठक नभएकाले त्यस्तो सम्भावना टरेको नेताहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...