प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदबाट अनुमोदन,को को छन भ्रमण टोलीमा



हाम्रो इकोनोमि

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत २३ देखि २५सम्म हुने प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको छ । प्रधानमन्त्रीसँग भारत भ्रमणमा  सरकारका तीन जना मन्त्री पनि सहभागि हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  त्यस्तै बैठकले चिकित्सा शिक्षा र वेपत्ता सम्बन्धी विधेयक आज बस्ने संसद बैठकमा टेवल गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिए।

त्यसैगरी भुक्तानी प्रणाली व्यवस्थित गर्न भुक्तानी तथा फस्र्योट विधेयक स्वीकृत गर्नुका साथै विधेयक सहजीकरण समितिको सदस्यमा कमल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ । विधेयक सहजीकरण समितिमा महान्यायाधीवक्ता अध्यक्ष रहने व्यवस्था छ ।
मंगलबारको मन्त्रिपन्त्रिपरिषदले एडीवीको १० मिलियन डलर अनुदान स्वीकार गर्ने र
अर्को व्यवस्था नभएसम्म चैत २८ बाट हटाउने भनिएका जिल्ला शिक्षा कार्यलय यथावत राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...