प्रचण्डको प्रस्तावमा वामदेवले पानी समाएर म:म भने पछी ओली रन्किए,किन जंगी चल्यो ओलीलाई?



प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यष केपी शर्मा ओलीले एमाले–माओवादी केन्द्रबिच उपयुक्त समय आएपछि पार्टी एकता हुने बताएका छन्।

सोमबार मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कमल कोइरालालाई सम्मानित गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता भएरै छाड्ने बताए । तुरुन्तै पार्टी एकताबद्ध हुने भन्दै उनले नेता–कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे । ‘हल्ला चल्न सक्छ, हल्लाको पछाडि नलाग्नुस्,’ ओलीले भने, ‘उपयुक्त ढंगले उपयुक्त समयमा पार्टी एकता हुन्छ।’

स्थिरता र स्थायित्वको विषयमा अघि बढेको र पुँजी परिचालन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले विदेशी लगानी भित्र्याउने प्रयास थालिएको बताए। उनले राजनीतिक संक्रमणकाल सकिएको भन्दै सामाजिक संक्रमणकालको समयतर्फ देश जाने बताए ।

एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा चाँडै हुने भनिएपनि अहिलेसम्म एकिन भएको छैन । माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने सार्वजनिक अभिव्यक्ति दिएपछि एकता प्रक्रियामा केही विलम्ब भएको थियो ।

प्रचण्डले एमालेसँगको एकता ५०/५० प्रतिशतमै हुने बताएका छन् । उनको प्रस्तावमा एमाले उपाध्यक्ष वामेदव गौतम सहमत छन् । प्रचण्ड र वामदेव ५०-५० को लाईनमा उभिएका छन् ।

हुन त प्रचण्डले पनि एकतको लागि उमेर हद हटाउनुपर्ने प्रस्ताव गरेर वामदेवको बचाउन गरेका छन् । प्रचण्डले जुनसुकै नेताले आफूले चाहेसम्म अथवा स्वास्थ्यले साथ दिएसम्म पार्टीको नेतृत्वमा पुग्न पाउनुपर्ने अडान लिएका छन् ।

तर एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल , ईश्वर पोखरेल ५०/५० प्रतिशतको विपक्षमा छन् । केही समय पहिले अध्यक्ष प्रचण्डले एक जना पनि कम भएर एकता नहुँने बताएका थिए । उनको यो अभिव्यक्तिले एकता प्रक्रियामा तरँग नै पैदा भएको थियो ।

उनले भनेका थिए,संगठन पार्टी एकताको एक पेचिलो प्रश्न हो । यसमा केही गलत समाचार बाहिर आएका छन् । कुरा स्पष्ट के छ भने संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि थोरै भएर एकता हुँदैन । बराबर नभए एकता नै हुँदैन ।

प्रचण्डले एमालेमा भन्दा माओवादीमा बढी प्रतिबद्ध र पूर्णकालीन कार्यकर्ता रहेको पनि दावी गरेका छन् । दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको कुरा बाहिर आएको थियो ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै दुई पार्टीको एकताको चर्चा भैरहदा प्रचण्डले सवै कुरा नमिलेसम्म हतारमा एकता गर्न नसकिने बताएका हुन् । यस अघि दुई पार्टीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर बैशाख ९ गते पार्टी एकता गर्ने बताएका थिए । तर अब पार्टी एकता नै नहुने भएको छ। ओलीले ५०/५० प्रतिशत एकता हुनै नसक्ने बताइ सकेका छन्।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र