अन्तिममा आएर यसकारण नहुने भयो एमाले-माओवादी एकता, ओली उत्पात खुसी,प्रचण्ड तनावमा



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा अन्योल बढेको छ । दुई पार्टीबिच सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा एकता प्रक्रियामा अन्योल बढेको हो ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगावै एकता घोषणा तयारी गरेका दुई दलबीच संगठनमा भागबन्डा मिल्न सकेको छैन । नेकपा माओवादी केन्द्रले ५०/५० अनुपातमा पार्टी एकता गर्नुपर्ने अडान लिएको छ भने एमाले सो प्रस्ताव स्विकार्न सहमत छैन । दुबै दलले शक्ति बाँडफाँडको विषयलाई लिएर आ–आफ्नो अडान राखेपछि एकता वाम गठबन्धनमा खतराको घण्टी बजेको छ ।

माओवादी केन्द्रले ५०/५० अनुपातको प्रस्ताव राखेसँगै एमाले नेताहरुले यस्तो प्रस्तावले एकता भाँडिने बताइसकेका छन् । माओवादीसँग कुनै हालतमा बराबरी हैसियतमा पार्टी एकता गर्न नसकिने ओली निकट मानिने एमालेका एक नेताले खबरडबलीलाई बताए । उनका अनुसार माओवादी–एमालेले निर्वाचनमा पाएमो मतका आधारमा हैसियत निर्धारण हुनुपर्ने अडान एमालेको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगडीको भाखा सरेपछि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर वैशाख ९ गते पार्टी एकता गर्ने एमाले–माओवादीको तयारी छ । एमाले नेताका अनुसार सांगठनिक भागबन्डाका विषयमा कुरा नमिले सो मितिमा पनि पार्टी एकता हुने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...