लघु जलविद्युत् उपभोक्ताहरु संगठित



हाम्रो इकोनोमि

नेपालको लघु जलविद्युत् क्षेत्रको बिकास, संरक्षण र सम्बद्र्धन गर्दै नेपालको ग्रामीण क्षेत्रमा विद्युत् विकास गर्न र नीति निर्माणमा लघु जलविद्युत् संस्थाहरुको पहुँच स्थापित गर्न राष्ट्रिय महासंघ गठन गरिएको छ ।

नेपालका लघु जलविद्युत् संस्थाका प्रतिनिधिहरुको आज यहाँ आयोजित राष्ट्रिय भेलाले लघु जलविद्युत् क्षेत्रमा रहेका नीतिगत अस्पष्टता अन्त्यका लागि जलविद्युत् संस्थाहरुको राष्ट्रियस्तरको छाता संगठनको रुपमा महासंघ गठन गरिएको बताइएको छ ।

नेपाल ऊर्जा फाउण्डेशनको अगुवाइमा भएको सो भेलाले नारायणध्वज खडकाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा रामकुमार राई, महासचिवमा खेम थापा र कोषाध्यक्षमा शान्ता चौलागाई रहनु भएको छ ।

महासंघले लघु जलविद्युत् उपभोक्ताका अधिकार, लघु जलविद्युत्को दिगो विकास, नीतिगत सुधार, राष्ट्रिय प्रणालीमा आबद्धताका क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...