लघु जलविद्युत् उपभोक्ताहरु संगठित



हाम्रो इकोनोमि

नेपालको लघु जलविद्युत् क्षेत्रको बिकास, संरक्षण र सम्बद्र्धन गर्दै नेपालको ग्रामीण क्षेत्रमा विद्युत् विकास गर्न र नीति निर्माणमा लघु जलविद्युत् संस्थाहरुको पहुँच स्थापित गर्न राष्ट्रिय महासंघ गठन गरिएको छ ।

नेपालका लघु जलविद्युत् संस्थाका प्रतिनिधिहरुको आज यहाँ आयोजित राष्ट्रिय भेलाले लघु जलविद्युत् क्षेत्रमा रहेका नीतिगत अस्पष्टता अन्त्यका लागि जलविद्युत् संस्थाहरुको राष्ट्रियस्तरको छाता संगठनको रुपमा महासंघ गठन गरिएको बताइएको छ ।

नेपाल ऊर्जा फाउण्डेशनको अगुवाइमा भएको सो भेलाले नारायणध्वज खडकाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा रामकुमार राई, महासचिवमा खेम थापा र कोषाध्यक्षमा शान्ता चौलागाई रहनु भएको छ ।

महासंघले लघु जलविद्युत् उपभोक्ताका अधिकार, लघु जलविद्युत्को दिगो विकास, नीतिगत सुधार, राष्ट्रिय प्रणालीमा आबद्धताका क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...