कर्मचारीहरुसँग किन जंगिन्छन् मन्त्री लालबाबु ?ढाँटेर ठगेर सुबिधा लिनेको ढाड खुस्काउने चेतावनी



हाम्रो इकोनोमि

के देश सिद्धाउने र देश विग्राने कर्मचारीहरु मात्र हुन् । ओली नेतृत्वको सरकारका मन्त्रीहरु किन सबै किन एक पछाडि अर्काे कर्मचारीहरुसँग खनिरहेका छन् ?

अहिले कर्मचारी र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितबीच जुहारी नै चलिरहेको छ ।केही दिन अगाडि कर्मचारीहरुलाई थाङ्नेको उपनाम दिएसँगै निजामती कर्मचारीहरु मन्त्री पण्डितसँग रुष्ट भएका छन् ।
उनै मन्त्री पण्डितले जागिर खान मन छैन भने जागिर छाड्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् । उनले भने जागिर खान मन छैन भने सरकारले पिजँडामा राख्दैन,जागिर छाडे हुन्छ तर सरकार र राज्यलाई ढाट्न छल्न पाइदैन् ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको राष्ट्रिय महाधिवेशनको कर्ममा बोल्दै मन्त्री पण्डितले नक्कली विदा लिएर कर्मचारी ठगिरहेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । लाग्ने नलागेको रोग देखाएर कर्मचारीले विरामी विदा लिइरहेको समेत उनले बताए । ‘ठगेर, ढाँटेर विदा लिएको पाइएमा सह्य हुँदैन, खटाएको ठाउँ नगएर नक्कली विदा लिएको समेत मैले थाहा पाएको छुु, यदि जागिर खान मन छैन भने सरकारले पिजँडामा राख्दैन, निजामती सेवाले त्यसको लागि बाटो खुला गरिदिएको छ, आफुलाई रोगी देखाएर देशलाई ठग्न पाइँदैन । ’

उनले खटाएको ठाउँ नजानेलाई हाजिर नगराउन र विदा स्वीकृत नगर्न प्रत्येक कार्यालयमा लिखित परिपत्र समेत गरिएको उनले जानकारी दिए । खटिएको ठाउँ नगएर सुविधाको कुरा गर्नेको सुनुवाई नहुने पनि उनले स्पष्ट पारे । ‘मेवा लिन सबैभन्दा पहिला, सेवा दिन चाहिँ पछाडि रु अब त्यो कुनै हालतमा सह्य हुदैँनु, उनले भने, काम भन्दा पहिला सुविधाको कुरै हुँदैन’, पण्डितले भने ।
यसैबीच मन्त्री पण्डितले एक महिनाभित्र स्थानीय तहका सबै वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । मन्त्री पण्डितले भने, ‘एक महिनाभित्र कुनै पनि कुना कन्दराका वडासम्म राष्ट्र सेवक मैले जसरी पनि पुर्‍याउँछु, काम गर्ने वातावरण बनाउने जिम्मा तपाईँ जनप्रतिनिधिको गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको राष्ट्रिय महाधिवेशनको कर्ममा बोल्दै मन्त्री पण्डितले एक महिना भित्र कुना कन्दराका वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।
उनले मुलुकमा राजनीतिक संक्रमण सकिए पनि प्रशासनिक संक्रमणको अवस्था रहेको बताउँदै संरचना अनुसार कर्मचारी खटाउँदै जाने आश्वासन दिए । आफूले करार सेवामा समेत स्थानीय तहलाई कर्मचारी राख्न पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...