दिवंगत कांग्रेस नेता खड्काको शव आज राति नेपाल ल्याइने, भोली यसरी गरिदैछ अन्त्यष्टि



हाम्रो इकोनोमि

उपचारको क्रममा शुक्रबार नयाँ दिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राति साढे ९ बजे जेट एयरको विमानबाट नेपाल ल्याइने भएको छ ।

खड्काका छोरा अनुराग बेलायतमा रहेको र उनी नयाँ दिल्ली पुगेपछि मात्र शव नेपाल ल्याइने भएकाले शनिबार राति मात्र शव काठमाडौं ल्याइने भएको हो ।

शव काठमाडौं ल्याइएपछि शनिबार राति उनको निवासमा राखिनेछ । कांग्रेस पार्टी कार्यालयका अनुसार खड्का शव श्रद्धाञ्जलीका लागि आइतबार बिहान ८ बजेदेखि पार्टी कार्यालय सानेपामा राखिनेछ ।

सानेपाबाट शव यात्रासहित आइतबार बेलुका खड्काको शव पशुपति आर्यघाटनमा अन्त्यष्टि गरिने कांग्रेसले जनाएको छ । मिर्गौला रोगबाट पीडित खड्को शुक्रबार दिउँसो दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

फागुनको दोस्रो हप्ता उनलाई दिल्ली लगिएको थियो । खड्का निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

यसैबिच केन्द्रीय सदस्यसमेत रहेका खड्काको निधन भएपछि कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

एक हप्तादेखि नियमति बिहान ११ बजेदेखि बेलुकासम्म चल्दै आएको बैठक स्थगित भएको पार्टी कार्यालयका सहयोगी केशव रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...