प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैनः भीम रावल



हाम्रो इकोनोमि

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच छिटै एकीकरण हुने बताएका छन् । छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने बताए ।
पार्टीको काम विशेषले सात नम्बर प्रदेशमा आएका रावलले आज धनगढी बिमान स्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।
दुबै पार्टीद्वारा गठीत समितिहरुले आ आफ्नो काम तीब्र गतिमा गरिरहेको र केही दिनमा पार्टीको उच्चस्तरीय प्रतिवेदन संयन्त्रमा बुझाएपछि पार्टी एकीकरण हुने रावलको भनाइ थियो । उनले सञ्चारमाध्यममा आएजस्तो पार्टीको भागबण्डामा कुनै बिमति नरहेको बताउदै दुबै पार्टीका नेतालाई सम्मानजनक रुपमा पद र संख्याको ब्यवस्थापन गरिने बताए ।
एकअर्को प्रसंगमा उपाध्यक्ष रावलले देउवा सरकारले हचुवाका भरमा विभिन्न निर्णय गरी देशको अर्थतन्त्रमा केही अपठ्यारो पारेकोले त्यसलाई स्पीरिटमा ल्याउन केही समय लाग्ने बताए । अर्थमन्त्री  युवराज खतीवडाले हिजो संसदमा पेश गरेको श्वेत पत्रबाट तत्कालीन देउवा सरकारले देशको ढुकुटीमा पारेको असर बारे आमजनतालाई जानकारी भएको बताए । रातोपाटी अनलाईनमा समाचार छ ।नवगठीत सरकारले देशको अर्थतन्त्रलाई मजबूत बनाई पाँच, छ महिनाभित्र आर्थिक विकासमा फड्को मार्ने र तराई, पहाड र हिमालका जनतालाई एकजुट गराई राजनीतिक स्थायीत्व गराउने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...