आफ्ना पति मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआएको भन्दै राष्ट्रपतिले यसरी दुखेसो पोखिन



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ ।

उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवद्र्धनको अपेक्षा आफूले गरेको स्पष्ट गर्नुभयो । राष्ट्रपति भण्डारी जननेता मदन भण्डारीकी धर्मपत्नी हुुनुहुन्छ । संग्रहालयले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

“मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सिंगो समाजको सामाजिक सम्पत्तिका रुपमा विकास गरिनुपर्छ । संग्रहालयमा संरक्षित वस्तुहरु मासिन र बिग्रन नदिन आवश्यक प्रबन्ध मिलाउनुपर्छ, यसका लागि रेखदेख र सञ्चालनमा संलग्न जनशक्तिलाई यथोचित तालीम दिनुपर्छ ।”

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले संग्रहालयले नयाँ पुस्तालाई मदन भण्डारीका बारेमा थप जिज्ञासु बनाउने बताउनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्मृति प्रतिष्ठानलाई प्राविधिक शिक्षाको केन्द्र बनाइने आश्वासन दिनुभयो । स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले प्रतिष्ठानलाई प्रौद्योगिक विश्वविद्यालय बनाउन सङ्घीय संसद्मा विधेयक विचाराधीन रहेकाले त्यसलाई पारित गर्न सरकार र सांसदहरुलाई आग्रह गर्नुभयो ।

तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो । संग्रहालयमा जननेता भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ । रु तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...