सात महिनामा १७ अर्बको चामल, ७ अर्बको तरकारी नेपाल भित्रियो, यस्तो छ अर्थ मन्त्रीको श्वेतपत्रको सार



हाम्रो इकोनोमि

देशको वर्तमान आर्थिक अवस्था समेटिएको श्वेतपत्र आज सरकारले जारी गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसद्‌मा श्वेतपत्र प्रस्तुत गरेका हुन्। शुक्रबार संसदबाट श्वेतपत्र जारी गर्दै उनले संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र सेयर निष्काशन/आपूर्तिको वृद्धिले सेयर मूल्य प्रभावित भएको बताएका छन्।

‘पुँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्तामा सेयर लगानी सम्बन्धी ज्ञानको कमीले सेयर मूल्य मापन गर्ने नेप्से सूचकांकमा उच्चदरको उतारचढाव आउने गरेको छ’, श्वेतपत्रमा भनिएको छ।

‘आर्थिक वर्ष २०४९/५० मा रु. २२ अर्बको व्यपार घाटा रहेकोमा २५ वर्षको अवधिमा यस्तो घाटा करिब ४२ गुणाले बढी गत आर्थिक वर्ष २०७३/७४ मा रु. ९ खर्ब १७ अर्ब पुगेको छ’, श्वेतपत्रमा अगाडि भनिएको छ, ‘चालु आर्थिक वर्षको प्रथम ७ महिनासमम्ममा यस्तो घाटा रु. ६ खर्ब १४ अर्ब पुगेको छ।’

चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु ६ खर्ब ६१ अर्बको सामान आयात भएको छ।
कृषिप्रधान भनिएको मुलुकमा कृषिजन्य उत्पादनको आयात समेत उच्च रहेको देखिएको छ। सरकारका अर्थमन्त्री डा युवराज खतिवडाद्वारा शुक्रबार जारी श्वेतपत्रमा चालु आर्थिक वर्षको प्रथम सात महिनामा १७ अर्बको चामल आयात भएको उल्लेख छ। त्यस्तै, ७ अर्बको तरकारी, ३ अर्बको फलफूल र १३ अर्बको खानेतेल आयात भएको छ।

‘आयात प्रतिस्थापनको रणनीतिलाई लामो समयसम्म त्यागेका कारण खाद्य वस्तु लगायत अन्य औद्योगिक वस्तुहरुको आयात अस्वभाविक रुपमा बढेको हो’, बढ्दो आयातबारे श्वेतपत्रमा उल्लेख छ।

समग्र अर्थतन्त्र नै आयातमुखी बनेको अर्थमन्त्रीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...