ओली २३ गते भारत जाने, परराष्ट्रले सार्वजनिक गर्‍यो भ्रमणको तालिका



हाम्रो इकोनोमि

 प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते पहिलो विदेश भ्रमणको क्रममा भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भ्रमणको तालिका सार्वजनिक गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि हुन लागेको भारत भ्रमण उनको पहिलो विदेश भ्रमण हो।

भ्रमणमा ओलीले भारतीय राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

भ्रमणको क्रममा ओली उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ कृषि विश्वविद्यालयको कार्यक्रममा समेत सहभागी हुने तय भएको छ। भ्रमणका लागि एक साता अघिदेखि नै तयारी सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...