देउवालाई थला पर्ने गरि प्रदिपले दिए यस्तो झाप्पू,के अब देउवा ओरालो लागेको हरिण जस्तै भएका हुन्?



हाम्रो इकोनोमि

नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सभापति शेरबहादुर देउवालाई गाली गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् ।

केन्द्रिय समितिमा कांग्रेसले चुनाव हानुको कारण सभापति देउवाको कमजोरी हो भन्ने आरोप र उनको बचाउन गर्ने दुवै पक्षले आफ्ना विचार राख्ने क्रम जारी छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले समग्र कांग्रेसको सिद्धान्त, नेतृत्व र विधानको समिक्षा गरेर अगाडि बढ्नुपर्ने बताए ।

कमजोरी सुधार गर्दै कांग्रसको उचाई बढाउनका लागि नेतृत्व तयार हुनुपर्ने उनको भनाई छ । सभापति देउवाले पार्टीलाई बलियो बनाउनका लागि नयाँ योजना ल्याउन सक्नुपर्ने पौडेलेको भनाई छ ।

केन्द्रिय समितिबाट नेतृत्व परिवर्तन हुन नसक्ने भन्दै उनले विधि र प्रक्रिया अनुसार सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताए ।

“यो ढंगले चलाएर पार्टी सुदृढ हुन सक्दैन । त्यसैले पार्टीको समग्र पक्षमा सुधार हुनुपर्छ । नेतृत्वको अहिलेकै कार्यशैलीले सुधार हुँदैन । नेतृत्व रुपान्तरण हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।” पौडेलले भने ।

केन्द्रिय समिति बैठकमा सदस्यहरुले व्यक्त गरेका विचारलाई सभापतिले मनन गरेर अगाडि बढ्नुपर्ने पौडेलको भनाई छ ।

कांग्रेसमा सुधार ल्याउनका लागि महाधिवेशन नै आवश्यक भएकाले त्यसतर्फ नेतृत्वले ध्यान दिनुपर्ने पौडेलेको तर्क छ ।

युवा नेताहरुले लिखित प्रस्ताव पेश गर्ने तयारी भइरहेको पौडेलले बताएका छन् । साझा विषय बनाएर लिखित रुपमा सभापतिलाई पार्टी सुधारको योजना पेश गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...