चुनाब हारे पनि बामदेव गौतमलाई यस्तो चिठ्ठा पर्यो,खुसीले भए गद्-गद्



हाम्रो इकोनोमि

पार्टी एकतापछि कार्यकारी पदमा रहन उमेरहदको व्यवस्था नगर्न एमाले–माओवादी केन्द्र सहमत भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीमा उमेर हद नराख्ने सहमति गरेका हुन् । यो सहमति भए संगै बाम देव गौतम उत्साहित भएका छन्।

एकीकृत पार्टीको विधानमा कार्यकारी पदमा रहन उमेरहदको व्यवस्था नगर्न एमाले–माओवादी केन्द्र सहमत भएको सांंगठनिक र विधान मस्यौदा कार्यदलका एक सदस्यले जानकारी दिए । एमालेको विधानमा रहेको ७० बर्षे उमेर हद उल्लेख गरिएको थियो भने कार्यदलमा सो उमेर हद समेट्न्पर्ने कुरा उठिरहेको थियो ।

पार्टी विधानमा रहेको यो व्यवस्थाप्रति एमाले बरिष्ठ उपाध्यक्ष बामदेब गौतम लगायतका नेता असन्तुष्ट रहँदै आएका थिए। गौतमले एकीकृत पार्टीमा सो व्यवस्था हटाउन माग गरेको बताइएको छ । गौतमले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सो व्यबस्था हटाउन पटक–पटक अनुरोध गरेको एमालेका एक नेताले जानकारी दिए ।
लामो बहसपछि कार्यदलको बैठकले कार्यकारी पदमा रहन उमेरले कुनै छेकबार नलगाउने निर्णय गरे संगै पार्टीको सक्रिय राजनिती र नेतृत्वमा पुग्न गौतमलाई बाटो खुलेको हो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...