चुनाब हारे पनि बामदेव गौतमलाई यस्तो चिठ्ठा पर्यो,खुसीले भए गद्-गद्



हाम्रो इकोनोमि

पार्टी एकतापछि कार्यकारी पदमा रहन उमेरहदको व्यवस्था नगर्न एमाले–माओवादी केन्द्र सहमत भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीमा उमेर हद नराख्ने सहमति गरेका हुन् । यो सहमति भए संगै बाम देव गौतम उत्साहित भएका छन्।

एकीकृत पार्टीको विधानमा कार्यकारी पदमा रहन उमेरहदको व्यवस्था नगर्न एमाले–माओवादी केन्द्र सहमत भएको सांंगठनिक र विधान मस्यौदा कार्यदलका एक सदस्यले जानकारी दिए । एमालेको विधानमा रहेको ७० बर्षे उमेर हद उल्लेख गरिएको थियो भने कार्यदलमा सो उमेर हद समेट्न्पर्ने कुरा उठिरहेको थियो ।

पार्टी विधानमा रहेको यो व्यवस्थाप्रति एमाले बरिष्ठ उपाध्यक्ष बामदेब गौतम लगायतका नेता असन्तुष्ट रहँदै आएका थिए। गौतमले एकीकृत पार्टीमा सो व्यवस्था हटाउन माग गरेको बताइएको छ । गौतमले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सो व्यबस्था हटाउन पटक–पटक अनुरोध गरेको एमालेका एक नेताले जानकारी दिए ।
लामो बहसपछि कार्यदलको बैठकले कार्यकारी पदमा रहन उमेरले कुनै छेकबार नलगाउने निर्णय गरे संगै पार्टीको सक्रिय राजनिती र नेतृत्वमा पुग्न गौतमलाई बाटो खुलेको हो।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...