रारातालमा डुंगा चढेर तालको परिक्रमा गर्दै ओलीले यसरी गर्ने भए देशबासीका नाममा सम्बोधन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
नयाँ वर्षको अवसरमा उनले बैशाख १ गते मुगुको रारा तालबाट सम्बोधन गर्ने भएका हुन्।

कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न ओली बैशाख १ गते रारा ताल जाने भएकाले सोही स्थानबाट देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन्। नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को ७ औं महाधिवेशनलाई राजधानीमा उद्घाटन गर्दै ओलीले आफ्नो सम्बोधनका बारेमा जानकारी दिएका हुन्।

‘कर्णाली प्रदेशले आयोजना गर्ने पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुनेछु’, उनले भने,‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ।’

आफ्नो सरकार भिन्न नीति र गतीमा सञ्चालन हुने भन्दै ओलीले केहि वर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरल्याण्डजस्तो भन्ने दावी गरे। उनले सरकार जनताको सेवक भएकाले कसैलाई दमन नगर्ने बताए। ‘सरकार सेवक हो त्यसैले कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेलाई छाड्दैन।’

सरकारका हरेक अभियान हमलाको शैलीमा अघि बढ्ने भन्दै उनले यसपाली आफैं एकजना बालिकालाई विद्यालय भर्ना गराउने र अरु जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउने बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...