ओली र प्रचण्डलाई सिध्याउने भन्दै विप्लबले जारी गरे यस्तो फर्मान,अरु को-को भए थर्कमान



हाम्रो इकोनोमि

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारे छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले एक पत्र काटेर वारेन्ट जारी गरेको हो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध जारी गरिएको वारेन्ट पत्र मंगलबारै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा टाँसिएको पार्टीले दाबी गरेको छ ।

‘केन्द्रिय जनअदालत’ का प्रकाशको नामबाट जारी गरि पूर्जीमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ ।दुबै विरुद्धमा फरक फरक मुद्दा परेको जनअदालतले जनाएको छ । केही दिन अगाडि सरकारले विप्लवका विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...