ओली र प्रचण्डलाई सिध्याउने भन्दै विप्लबले जारी गरे यस्तो फर्मान,अरु को-को भए थर्कमान



हाम्रो इकोनोमि

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारे छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले एक पत्र काटेर वारेन्ट जारी गरेको हो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध जारी गरिएको वारेन्ट पत्र मंगलबारै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा टाँसिएको पार्टीले दाबी गरेको छ ।

‘केन्द्रिय जनअदालत’ का प्रकाशको नामबाट जारी गरि पूर्जीमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ ।दुबै विरुद्धमा फरक फरक मुद्दा परेको जनअदालतले जनाएको छ । केही दिन अगाडि सरकारले विप्लवका विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...