पाँचतारे होटलमा पुगेर ओली कुर्लिएर भने यी-यी विरूद्ध अब हमला हुन्छ,नारा लगाउनेलाई सिधै हानिन्छ



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमै निरक्षरता समाप्त हुने दाबी गरेका छन्।

‘निरक्षरताका गीत थुप्रै सुन्याैं, अब निकट भविष्यमा निरक्षरता समाप्त हुन्छ,’ एमाले निकट श्रमिक स‌ंगठन जिफन्टको राजधानीमा ७औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समाजिक पछाैटेपन हटाउँछाैं, खराब कुरा विरूद्ध अब हमला हुन्छ। हरेक खराब कुराविरुद्ध हमला हुन्छ। नारा र अभियान मात्र हाेइन, हमला गर्छाैं।’

उनले वैशाख ५ मा अाफैं पीछडिएकाे क्षेत्रमा पुगेर बालिकालाई विद्यालयमा भर्ना गर्ने बताए। भने, ‘सबैले एक बालबालिका भर्ना गर्ने अभियान चल्नेछ।’

सरकारमा आफूले नेतृत्व गरेको समयमा धेरै परिवर्त आउने संकेत गर्दै प्रधानमन्त्री ओलीले देशमा कोही पनि भोकै मर्ने अवस्था नआउने दोहोर्‍याए । उनले भने, ‘नेपालमा केही भाेकले मर्दैन, सरकारले त्यसको ग्यारेन्टी लिन्छ। अाउँदाे हिउँदबाट देशमा जाडाेले मान्छे मरेकाे सुन्नु पर्नेछैन।’

प्रधानमन्त्री ओलीले अर्को प्रसंगमा भने, ‘संविधान मान्दिन भनेर चन्दा उठाउँदैमा लाेकतन्त्र कमजाेर बन्दैन। सरकारले अब त्यसकाे प्रत्याभूत गराउँछ। देशकाे विवधतामा खेल्न खाेज्नेसँग हाेसियार हुनुपर्छ। मान्छे भिडाएर फाइदा लिने शक्तिसँग हाेसियार हुनपर्छ।’

यसैगरी प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशले घोषणा गरेको २०७५ सालको पर्यटन वर्षलाई सफल बनाउने उद्घोष समेत गरे। ‘कर्णााली प्रदेशले ०७५ साललाई पर्यटन वर्षका रूपमा मनाउछु भनेकाे छ, चैत ३१ गते म रारा जान्छु, म पहिलाे टुरिस्ट हुन्छु,’ उनले भने, ‘रारामा रात बिताएर वैशाख १ गते कर्णाली प्रदेशललाई पर्यटन वर्ष घाेषणा गर्नेछु।’

काठमाडौंको याक एन्ड यति होटलमा जारी जिफन्टकाे राष्ट्रिय सम्मेलन चैत १७ गतेसम्म चल्नेछ। सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...