ओलीलाई काउन्टर दिन ‘कांग्रेसको छायाँ सरकारपछि नयाँ शक्तिको वैकल्पिक सरकार’, यी हुन् सरकार प्रमुख र मन्त्री



हाम्रो इकोनोमि

केपी ओली नेतृत्वको सरकारलाई खबरदारी गर्न डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले वैकल्पिक सरकार गठन गरेको छ। नयाँ शक्तिले प्रदेश ५ को वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन समेत गरेको छ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारका काम कारबाहीमा निगरानीका लागि भन्दै छायाँ सरकार बनाउने निर्णय गरेको थियो।
नयाँ शक्तिको प्रदेश ५ को नेपालगञ्जमा सम्पन्न प्रदेश बैठकले वैकल्पिक सरकार निर्माण गरेको हो। बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ ‘सरकारलाई खबरदारी गर्ने तथा आम नागरिकका समस्याहरूलाई सहज ढङ्गले समाधान गर्ने उद्देश्यका साथ वैकल्पिक सरकार गठनको अवधारणा ल्याए अनुरूप प्रदेश ५ मा पनि वैकल्पिक सरकार गठन गरेको छ। बैठकले वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन गरेको छ।

‘यी हुन् मन्त्रालय प्रमुख’
केसी प्रमुख रहेको सरकारमा मन्त्री पनि तोकिएका छन्। जसअनुसार आन्तरिक मामिला तथा कानुन विभाग प्रमुखमा चिनक कुर्मी, भूमि व्यवस्था तथा कृषि सहकारी विभागमा राजु नेपाली, उद्योग पर्यटन तथा वातावरण विभागमा वेद प्रकाश आचार्य, सामाजिक विकास विभागमा सीमा विक एवं भौतिक पूर्वाधार विकास विभागमा राम लौटन तिवारीलाई जिम्मेवारी दिइएको छ।

‘जिल्ला इञ्चार्ज तोकिए’
त्यस्तै बैठकले प्रदेश ५ अन्तर्गतका विभिन्न जिल्लाहरूको इन्चार्ज चयन गरेको छ। निर्णय अनुसार नवलपरासीमा चिनक कुर्मी, पाल्पामा यज्ञ पोखरेल, कपिलवस्तुमा नारायण खनाल, प्युठानमा जिएस गुरुङ, पूर्वी रुकुममा राखीराम घर्ती, दाङमा हरि रिजाल, बाँकेमा हिक्मत विक र बर्दियाको इन्चार्जमा केशव पौडेल रहेका छन्।

रुपन्देही, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा इञ्चार्ज पछि तोकिने नयाँ शक्तिले जनाएको छ। बैठकले १०१ सदस्यीय प्रदेश अधिवेशन आयोजक समितिसमेत गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...