राष्ट्रपतिको सपथ विवादमा,सर्बोच्चमा रिट दायर,पराजुलीले बिद्यालाई सपथ खुवाउदा को-को भए फायर



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवि भण्डारीले अवकाश पाएकै दिन तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ विवादित भएको छ। सर्वोच्च अदालतले यस सम्बन्धी विवादमा दर्ता गर्न ल्याएको एक रिटलाई दर्ता गर्न आदेश दिएपछि भण्डारीको  सपथ विवादमा परेको हो।

भण्डारीले अवैधानिक प्रधानन्यायाधीसँग सपथ लिएको जिकिर गर्दै अधिवक्ता नारायण खरेलले दायर गरेको रिट दर्ता हुने भएपछि राष्ट्रपतिको सपथ विवादमा परेको हो। यसअघि उक्त रिट दर्ता नहुने भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

प्रशासनको उक्त निर्णयविरुद्ध अधिवक्ता भण्डारीले इजलाशमा निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले दर्ता गरी संवैधानिक व्याख्या भएको आदेश गरेपछि यसको विषय पुन सर्वोच्चले व्याख्या गर्ने भएको छ। ‘संवैधानिक एवं कानुनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘यस प्रकारको विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन।’

सर्वोच्चको एकल इजलाशले पराजुलीले सोही दिन अवकाश पाएको भनी सम्बन्धित कार्यालय न्याय परिषदले जानकारी दिएको अवस्थामा सपथ लिएकाले यस विषयमा अदालतबाट व्याख्या हुनुपर्ने भनेको छ। उमेर हदका कारण गत साउनमै अवकाश पाएको ठहर भएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति पदमा निर्वाचित भएकी विद्यादेवी भण्डारीलाई फागुन सपथ खुवाएका थिए।

भण्डारीलाई सपथ गराउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीको हाल कायम रहेको पदावधि असंवैधानिक भएको निर्णय न्याय परिषदले सुनाएको थियो।

परीक्षा नियन्त्रण कार्यालयले न्याय परिषदलाई पठाएको पत्रमा उनको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको पुष्टि भएपछि सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराइएको थियो।

न्याय परिषदका सचिव नृपध्वज निरौलाले लेखेको पत्रमा न्याय परिषद् ऐनको दफा ३१ अनुसार कुनै न्यायाधीश उमेरका कारण अवकाश हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनुपर्ने प्रावधान उल्लेख गरिएको थियो। न्याय परिषद् सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण हेर्दा उनले अवकाश पाउने उमेर गत साउनकै कायम रहेको देखिएको थियो।

प्रतिक्रिया दिनुहोस
बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...

मोदीले हिन्दीमा बोले, बालेनले नेपालीमा

    भारत भ्रमणमा रहेका प्रधानमन्‍त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त...

चुनावमा एमालेसँग मिल्ने सहमति भइसक्यो : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर...