यी हुन् एमाले छोडेर घामले ओइलिएको साग जस्तै भएका नेताहरु,किन फेरि एमालेमै फर्कदैछन् ?



हाम्रो इकोनोमि

कुनै बेला पार्टीमा प्रभावशाली भूमिकामा रहेका नेताहरु एमालेले लिएको नीतिको आलोचना गर्दै पार्टी परित्याग गरे । एमाले त्याग्नेहरु धेरै माओवादीमा प्रवेश गरे भने कतिपयले नयाँ पार्टी खोले ।
घुमिफिरी रुम्झाटार भनेझै दुई कम्युनिष्ट पार्टी एक हुने भएपछि उनीहरुले पुरानै पार्टीका नेताहरुसँग काम गर्नुपर्ने भएको छ ।

एमाले र माओवादीबीच पार्टी एकीकरणको सैद्धान्तिक सहमति भइसकेको छ भने केही दिनमै एकीकरणको घोषणा गर्ने तयारी छ ।

२०६४ सालको संविधानसभा चुनावमा रामचन्द्र झाले धनुषाबाट चुनाव जितेका थिए । २०६८ सालमा संविधानसभा विघठन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे ।

एमालेमा छदा मन्त्री बन्ने अबसर पाएका झा माओवादी नयाँ शक्ति हुँदै पुन माओवादीमा आएपछि दुईपटक चुनाव हारे । माओवादी केन्द्र एमालेमा एकीकरण हुने भएपछि झा ६ बर्षपछि फेरि एमाले बन्ने छन् ।

एमाले र माओवादी केन्द्रबीच केही समयभित्रै पार्टी एकता भएपछि बन्ने पार्टीमा उनीहरुले आफ्ना पूराना साथीहरुलाई भेट्ने छन् । कतिपय नेताहरुलाई भने पूरानो घरमा फर्किन अप्ठेरो परेको चर्चा हुने गरेको छ ।
एमालेबाट पटक पटक अबसर पाएकी उर्मिला अर्याल माओवादीमा प्रवेश गरिन् । एमालेमा छदा स्थानीय विकास मन्त्री समेत बनेकी अर्याल झासँगै फेरि एमाले बन्दैछिन् पार्टी एकताको नाममा ।

झा र अर्यालसंगै एमालेबाट माओवादी बनेका लक्की शेर्पा पनि यो सूचीमा थपिने छन् । एमालेबाट सांसद बनेकी शेर्पा अहिले माओवादीको कोटामा अष्ट्रेलियाको लागि राजदूत छन् । एमाले नेताहरु माओवादीमा प्रवेश गर्ने लहर चलेको समयमा डा डिल्लीराज खनाल पनि माओवादीमा प्रवेश गरेका थिए ।

एक पटक माओवादी प्रवेश गरेर एमाले फर्केका राधाकृष्ण मैनाली भने एमालेमा बेरोजगार छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसंगै झापा आन्दोलनमा सहभागि भएका आरके मैनाली अहिले निष्कृय जस्तै छन् ।
एमाले छाडेर संघीय समाजवादी पार्टी हुँदै संघीय समाजवादी फोरमका सचिव भएका अजम्बर काङमाङ माओवादी प्रदेश गरेका छन् । अशोक राइसँगै संघीय समाजवादी फोरममा लागेका विजय सुब्बा भने ‘मोहीयानी हक’ लाग्ने भन्दै केही समय अघि नै माउँ पार्टी मै फर्किए ।

जो एमाले छाडेर गुमनाम भए

राज्यसत्तामा एमाले हावी भइरहदा विगतमा एमाले छाडेका केही नेता भने यतिवेला गुमनाम जस्तै बनेका छन् । २०६४ सालमा सभासद् हुँदै गृहराज्यमन्त्री बनेका रिजवान अन्सारी एमाले भित्र उदाउँदो नेताकौ रुपमा स्थापित थिए ।

अशोक राइसँग मिलेर संघीय समाजवादी पार्टी बनाएका अन्सारी राइले उपेन्द्रसंग एकता गरेपछि अहिले गुमनाम भएका छन् । स्याङ्जाबाट पटक पटक चुनाव जितेका हितकाजी गुरुङ पासाङ शेर्पाहरुले खोलेको सामाजिक लोकतान्त्रिक पार्टीमा सहभागि भएको लोकन्तरले जनाएको छ । पासाङ नयाँ शक्ति पार्टीमा लागेपछि हितकाजी गुमनाम भए ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...