बुढो हुदै गए पछी यी कांग्रेसी नेत्रीले देउवालाई दिइन यस्तो श्राप,पहिले तिनै देउवालाई किन मार्थिन धाप



हाम्रो इकोनोमि

‘नेतृत्वको चरित्र व्यक्तिवादी भयो, आत्माआलोचना गर्नुपर्छ । सामुहिक नेतृत्वका लागि अघि नबढे पार्टी जनताबाट बढारिने अवस्थामा पुगेको छ’, नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले केन्द्रीय समितिमा लिखित सुझाव पेस गर्दै सभापति शेरबहादुर देउवामाथि एकाएक धावा बोलिन् ।

चुनावअघिसम्म देउवा पक्षकी नेत्री भनेर चिनिने डिलाले सबैलाई चकित पार्नेगरी यो सुझाव बैठकमा राखेपछि केन्द्रीय सदस्य रमेश लेखकले त्यसको प्रतिवाद गरे । उनले नेतृत्वलाई गाली गरेर, दोष दिएर पार्टीको कमजोरी नसुधारिने बरू सबैले आफ्ना ठाउँबाट सुधारका लागि लाग्नुपर्ने बताए ।

डिलाको सुझाव त्यति मात्रै थिएन, उनले अघि भनेकी छन्,‘नेतृत्वले आत्माआलोचना गरी चुनावी पराजयको जिम्मेबारी लिनुपर्छ । पार्टीको संगठनात्मक ढाँचा र संरचनालाई वैज्ञानिक र प्रभावकारी बनाउँदै पार्टी संगठनका प्रमुख एवं पदाधिकारीहरूलाई इमान्दारीता एवं जवाफदेहिता बोध गराउनुपर्छ ।’

उनले यी सबै काम नहुनुमा नेतृत्व एकल, व्यक्तिजवादी र अराजक भएको पनि संकेत गरेकी छन् । उनले १६ वटा बुँदामा लिखित सुझाव पेस गरेकी थिइन् । त्यसमध्येको ७ औं बुँदामा सभापति देउवाविरूद्ध आगो नै ओकलेकी छन् । ‘नेपाली काँग्रेसले भोग्नु परेको निर्वाचनको पराजयको पीडा, छटपटी र घोर निराशाका क्षणहरूलाई मेटेर हामीले भविष्यको कदम चाल्न सक्नु पर्दछ किनकी “इतिहासमा म र मेरो भन्नेहरू हराएर गएका छनु हामी र हाम्रो भन्नेहरूले इतिहास निर्माण गरेका छन् ।” त्यसैले सुनौलो इतिहास निर्माण गर्न सामुहिक प्रतिवद्धताको खाँचो छ ।’, उनले औंल्याएकी छन् ।

उनले चुनावमा टिकट वितरण गरेको प्रसंगमा भएको कमजोरीको दोष पनि देउवालाई दिएकी छन् । सुझावको ९ नम्बर बुँदामा उनले भनेकी छन्,‘पराजयको आन्तरीक कारण मुलतः टिकट वितरण गर्दा विना मापदण्ड, प्रभावकारी र पारदर्शी ढंगले वितरण गर्न नसक्नु हो भने हाम्रा चुनावी घोषणा पत्र एवं एजेण्डा र रणनीति समय सापेक्ष जनतालाई आकर्षण गर्न नसक्नु पनि हो । यसको साथै वाह्य कारणमा वाम गठबन्धनको चुनावी तालमेल नै हो । यसकोविरूद्ध नेपाली काँग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धन फितलो र प्रभावकारी हुन नसक्नु नै हो ।’

नेपाल महिला संघकी पूर्वाध्यक्ष समेत रहेकी उनले महिलाको हरेक तहदेखि केन्द्रसम्म ३३ प्रतिशतको सहभागीतामा पनि पार्टी चुकेको आरोप लगाएकी छन् । एकाएक सभापतिविरूद्ध उनको यो आरोपसहितको सुझावपत्र पार्टीका ‘भाइटल’ पदमा रहेका नेताको भरमा आएको चर्चा सुरू भएको छ । महामन्त्री डा. शशांक कोइरालाको आड भरोसामा डिलाले यो हिम्मत गरेको बताइन्छ । कांग्रेस स्रोतका अनुसार चुनाव ताका डिला देउवाको पक्षमा थिइन् । चुनावमा पराजय भोगेपछि उनी कोइरालाको गुटमा हावी हुने नेत्री मध्ये एक हुन् ।

यो सुझावपत्र सन्तुलित बनाउने कोशिश गरिए पनि कोइरालासहित नेता चन्द्र भण्डारीको इच्छाका आधारमा नेत्री डिलाले तयार पारेको स्रोतको दाबी छ । ‘यो आन्तरिक समस्याका लागि पेस गरिएको सुझाव ठिक छ, जसको इच्छामा आए पनि यसमाथि गम्भिर बहस गरिनुपर्छ ।’, एक नेताले भनेको भन्दै दैनिक नेपालले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...