एआइजीको छोरालाई गोरु चुटाई चुट्ने इन्सपेक्टरसहित तीन प्रहरीमाथि यसरी लगाइयो सनासो



हाम्रो इकोनोमि

महानगरीय प्रहरी वृत्त दरबारमार्गका एआइजीका छोरामाथि कुटपिटको घटनामा प्रहरीकै गल्ती रहेको छानबिनमा खुलेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी रामकृपाल शाह नेतृत्वको छानबिन समितिले इन्सपेक्टरसहित ३ प्रहरीमाथि कारबाहीको सिफारिस गरेको छ।

गत चैत २ गते एआइजी कमलसिंह बमका छोरा सुगम र उनका साथीहरुमाथि महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरीले कुटपिट गरेका थिए। ठमेलमा ट्याक्सी चढ्ने क्रममा विवाद भएको विषयलाई लिएर प्रहरीले कुटपिट गरेका हुन्। कुटपिटबाट सुगमको अनुहारमा चोट लागेको थियो।

घटनाको विषयमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिले घटनामा सुगम निर्दाेष रहेको र दरबारमार्ग वृत्तका प्रहरीको गल्ती देखाएको हो। समितिले सोमबार प्रतिवेदन बुझाएको छ।

सुगमले आफू एआइजीको छोरा हुँ भन्दा वृत्तका इन्सपेक्टर डिबी लिम्बूले प्रहरीको छोरा भनेर फुर्ती लगाएको भन्दै थप कुट्न दुई प्रहरीलाई निर्देशन दिएका थिए। भोलिपल्ट उनी एआइजीकै छोरा भएको थाहा पाएपछि उनीहरुले माफी मागेका थिए। इन्सपेक्टर लिम्बूलाई प्रहरी मुख्यालयले २ नम्बरमा गणमा तानिसकेको छ। वृत्तका २ जवानलाई पनि महानगरीय प्रहरी कार्यालय त्यहाँबाट हटाएर कारबाही सुरु गरेको छ। प्रहरीले कुनै पनि घटनामा कुटपिट गर्न नपाउने भएकाले सो घटनामा प्रहरीको गल्ती देखिएको एसएसपी शाहले बताए।

दोषी प्रहरीमाथि कारबाही सुरु भइसकेको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द बताउँछन्। ‘यो प्रहरीको उदण्डताको पराकाष्ठा हो,’ उनले भने, ‘दोषी प्रहरीमाथि कडा कारबाही हुन्छ।’

प्रतिक्रिया दिनुहोस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...