ओली भारत जानु अघी पार्टी एकता गर्ने भने पनि माओबादीका यी नेताले भने चित्त बुझ्दो नभए पार्टी एकता हुदैन



हाम्रो इकोनोमि

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चित्त बुझदो नभए पार्टी एकता नहुने बताएका छन् ।

रिपोर्टस क्लव नेपाल पाचँ नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा रायमाझीले पार्टी एकता समान हैसियतमा मात्र एकता हुने बताए । उनले भने, ‘आफनो औकात अनुसारको हैसियतमा मात्र एकता गर्छौँ, सम्मानजनक र समान हैसियतले नभए पार्टी एकता हुँदैन ।’उनले सम्मानजनक हैसियता पार्टी एकता भइछाड्ने पनि सो क्रममा बताए ।

उनले विगतमा सरकार निर्माण गर्दा राजनितिक स्थीरता नभएकाले अहिले पुर्ण दुई तिहाई सहितको सरकार निमार्ण गरिएको भन्दै प्रतिपक्ष दलसँग पनि सहकार्य गरेर विकासका काममा अगाडी बढ्ने बताए ।
प्रतिपक्षले सहकार्य गर्ने जानकारी गराईसकेकोले वाम गठबन्धनपनि सहकार्य गर्न तयार भएको उनको भनाई थियो ।

अर्को प्रसंगमा उनले दुई देशबीचको सम्बन्ध गाढा बनाउनका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक हुने बताए । उनले नेपालको आन्तरिक मामलामा नबोल्न इयुलाई चेतावनी समेत दिए ।

सोहि कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले ईयुले अर्कोको देशको विषयमा बोल्न जरुरी नरहेको बताए । उनले ईयुले बोलेको गम्भीर विषय भएको बताउँदै उनले प्रतिवेदन सच्याइनुपर्ने धारणा राखे ।
यसैगरी नेपालका लागी पुर्व भारतीय राजदुत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमण दुवै देशको हितमा बन्नुपर्ने बताएका छन्

उनले भ्रमणलाई कुटनितिक तरीकाले आगाडी बढाउनु पर्ने भन्दै एक हातले तालि नवन्ने बताए । उनले भारत भ्रमण दुवै देशको चाहनाले भएकोले बताए ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...