यसरी हाने लालबाबु पण्डितले ३१ कर्मचारीलाई किक,माल खान पल्केकालाई कहाँ मिल्काईयो?



हाम्रो इकोनोमि

श्रम मन्त्री गोकर्ण विष्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा लालबाबु पण्डितको उदय भएसँगै भ्रष्ट र ठगेर खान पल्केका कर्मचारीहरुको सातो गएको छ ।
श्रम मन्त्रालयमा रहेर विचौलियाहरुसँग मिलेर ठगेर खान पल्केका हुन वा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा ‘अड्डा’ जमाएर बसेका ‘डन’ कर्मचारीहरु नै किन नहुन । यी र यस्ता भ्रष्ट कर्मचारीहरुको अहिले भागाभाग हुन थालेको छ ।

दोश्रो पटक सामान्य प्रशासनमन्त्री बनेका लालबाबु पण्डितका कारण अध्यागमनमा बसेर सेटिङ मिलाएर कुम्ल्याउदै आएका अध्यागमनका डनहरुको भागाभाग भएको छ ।
पहुँच र शक्तिका आधारमा श्रम,यातायात तथा अध्यागमनमा बस्दै आएका ३१ डन कर्मचारीहरुलाई हिजो मात्र सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको छ । ती कर्मचारीहरुलाई हिजै स्थानीय तहमा खटाइएको छ ।

सरुवा हुने अध्यागमनका कर्मचारीहरुमा गंगालाल जोशी, चुँडामणि केसी, चुँडामणि चापागाई, अर्जुन पौडेल, बसन्तबहादुर खत्री, प्रविण कोइराला, सुनिलकुमार अधिकारी, दिपकमणि पोख्रेल, माधवप्रसाद अधिकारी, भोजराज ऐडी, दिल्लीराम भट्टराईलगायतका ३१ जना रहेका छन् ।
यसरी सरुवा हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृतसम्मका कर्मचारीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...