सरुवा गरिदिन्छु भन्दै पैसा पनि लियो संगै पनि सुतायो भन्दै सांसद संग पिडितले यसरी गरिन हारगुहार



सोमबार प्रदेशसभा बैठक सकाएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । त्यो भीडमा राजपा महामन्त्री मनिष सुमन पनि थिए ।प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले उनलाई रोकिन् र हातमा बोकेको कागजको पन्ना देखाउँदै हार गुहार गर्न थालिन् । उनी रहेछिन्, निशा झा ।

सुरुमा चर्को स्वरले चिच्याएकी उनी सांसदहरुले के भयो भनेर सोधेपछि केही नम्र भइन् । निशाले बताए अनुसार उनी स्वास्थ्यकर्मी पनि हुन् । तर, सरुवा गराइदिन्छु भन्दै राजपाका नेता रमन सिंहले आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेको उनको आरोप छ ।

ठगीको अारोपमा उनी जेल परेकी थिइन् । जेलबाट छुटेपछि पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुर्व्यहार र शोषण गरे ।’

सांसदहरुले तपाईलाई न्याय दिलाउँछन् भने । तर, निशाको चित्त बुझेनछ र म कहाँ-कहाँ जाउँ भन्दै कराउन थालिन् । यो सायद राजपा नेता एवं सांसद मनिषलाई मन परेन, उनी पनि आक्रोसित मुद्रामा प्रस्तुत भए ।

उनले भने, तरुन्तै न्याय दिउँ ? माओवादी हौं र हामी ? विधिसम्वत रुपमा न्याय दिन्छौं ।
निशाः रमन सिंह भन्छ भूमिगत छु । तपाईको कार्यकर्ता, केन्द्रीय सदस्यलाई सम्पर्क गर्नुस् । यदि म दोषी छु भने मलाई काबारही गर्नुस् तर, राजेन्द्र महतोलाई देखाएर मलाई शोषण गरिएको छ, मेरो पैसा लगिएको छ ।

केहीबेर चर्काचर्की भएपछि प्रदेशसभा सदस्य सुमन छानविन गर्छौ भन्दै त्यहाँबाट हिडेका छन् ।

के हो विवाद ?

निशा झाको दाबी छ कि राजपा केन्द्रीय सदस्य रमन सिंहले प्रलोभन देखाएरयौन शोषण गरे । आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनले दाबी गरेकी छन् । तर, रमन सिंहले भने निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको भएपनि आफूले नलगेको दाबी गरेका छन् ।

निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी पनि दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् । निशाले पनि सरुवा गराउँछु भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका