चैत २८ बाट यी १० वटा सरकारी कार्यालय खारेजीमा पर्दैछन्(सुची सहित)



हाम्रो इकोनोमि

सरकारले चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ ।स्थानीय निकायको चुनाव भई स्थानीय सरकार आइसकेको अबस्थामा सरकारले हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् ।

संविधानमा अहिले रहेका जिल्लास्तरीय कार्यालयले गर्ने काम स्थानीय तहको क्षेत्राधिकारभित्र परेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०४ अनुसार ऐन लागू भएको ६ महिनाभित्र जिल्लास्थित कार्यालयलहरूले आफ्नो सम्पत्ति, दायित्व र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्ने र जिल्ला कार्यालय खारेज हुने व्यवस्था छ । सरकारले ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ जारी गरेको २८ चैतमा ६ महिना पूरा हुँदैछ ।

मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ । अहिले ती कार्यालयले सम्पत्ति, कर्मचारीलगायत विवरण संकलन गर्ने काम गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विवरण संकलन गरेलगत्तै स्थानीय तहको अधिकार क्षेत्रका विषय हस्तान्तरण हुने स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए । खारेजीमा पर्न लागेका सरकारी कार्यालयहरुको काम अब स्थानीय गाउँपालिका, नगरपालिका र महानगरले गर्नेछ ।

यी हुन खारेज हुने सरकारी कार्यालयहरु

– जिल्ला प्राविधिक कार्यालय

– जिल्ला कृषि विकास कार्यालय

– जिल्ला पशुसेवा कार्यालय

– जिल्ला घरेलु तथा साना उद्योग कार्यालयरविकास समिति

– जिल्ला भू–संरक्षण कार्यालय

– जिल्ला शिक्षा कार्यालय

– जिल्ला तथ्यांक कार्यालय

– जिल्ला पर्यटन कार्यालय

– जिल्ला भूमिसुधार कार्यालय

– जिल्ला महिला तथा बालबालिका कार्यालय

– जिल्लाका सबै विकास समितिहरू

– जिल्लाका सबै प्रतिष्ठान र परियोजना

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...