प्रधानमन्त्रीले नियुक्त गरे यी दुई सल्लाहकार,१५ गते संघीय संसदमा राष्ट्रपतिलाई सम्बोधन गर्न दिइने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् । बाराका मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको हो ।
एमाले नेता मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए चर, चुनाव हारे ।
यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई १५ गते सम्बोधन गर्ने भएकी छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलार्इ सम्बोधन गर्ने भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...