१७ वर्षे काका १२ वर्षकी भतिजी बलात्कार गरेर फरार,पानी मुनी गए पनि नछोडिने



हाम्रो इकोनोमि

स्याङ्जामा १७ वर्षका काकाले १२ वर्षकी भतिजी (दाइकी छारी) को बलात्कार गरेको आरोप लागेको छ । घटना बाहिर आएपछि आरोपित काका फरार भएका छन् ।

गएको फागुन ४ गते घटना भएपनि पनि त्यसको ७ दिनपछि फागुन ११ गते मात्रै बालिकाका आफन्तले घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । बालिकाको संवेदनशील अंगबाट रक्तस्राव भइरहे पछि उपचार गर्ने क्रममा मात्रै उनी बलात्कारमा परेको कुरा बाहिर आएको हो ।

उपचारमा संलग्न डा. डेला सिंह जोशीले बालिकाको संवेदनशील अंगको भित्री भागमा गहिरो चोट परेकोले उनीमाथि पटकपटक बलात्कार भएको हुन सक्ने बताएकी छन् । चोटका बारेमा सोधपुछ गर्दा आफ्नै एकाध घरपरिवारका सदस्य काकाबाट बलात्कार भएको थाहा हुन आएको हो ।

परिवार भित्रको भन्दै यस विषयमा बालिकाकी आमा लगायत अन्य सदस्य उजुरी गरेका थिएनन् । घटना बाहिर आएर दबाब बढ्न थालेपछि बालिकाका बुवाले बल्ल जिल्ला प्रहरी कार्यालयमा कास्कीमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको विवरण बुझेर थप अनुसन्धान गरी कारवाहीका लागि सम्बन्धित जिल्ला स्याङ्जामा पठाइएको अपराध अनुसन्धान शाखाका सई नरहरि अधिकारी बताए । घटनाको उजुरी दिएको एक महिना बिते पनि प्रहरीले आरोपीलाई अझै पक्रन सकेको छैन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका असई मनिष पाण्डेले तीब्र रुपमा प्रहरी परिचालन गरी खोजी भइरहेको बताए ।

आँधीखोला गाउँपालिकाको एक विद्यालयमा कक्षा ५ मा अध्यनरत बालिकालाई उनकै घरमा कोही नभएको मौकामा काकाले बलात्कार गरेको आरोप छ । बालिकाको अहिले कास्की स्थित बाल सेवा केन्द्रमा संरक्षणमा रहेको केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति बद्र प्रसाद वाग्लेले जानकारी दिए ।

‘घटनाको घर परिवारका सदस्यबाट भएकाले यसलाई गुपचुप राख्ने प्रयास भइरहेकाले ढिलामात्रै यो घटना बाहिर आयो ।’ उनले भने ‘तत्काल बालिका आफन्तबाट असुरक्षित हुने झन् डर त्रास बढी देखिएकाले उनको शारीरिक मानसिक सबलताका लागि कास्की स्थित बाल सेवा केन्द्रमा उनलाई संरक्षण दिइएको बाग्ले बताए ।

आँधीखोला गाउँपालिकाकी उपप्रमुखले शर्मिला पौडेलले जघन्य अपराध भएकाले दोषीलाई कारबाहीका लागि आफूले हदैसम्मको पहल गर्ने बताइन् । उनले भनिन् ‘आफ्नो गाउँपालिकामा जुन घटना भएको छ यसले निकै दुःखी बनाएको छ । पीडितको कुनै निवेदन आएको छैन । मैले सम्पर्क गरेर न्याय दिलाउन पहल गरिरहेकी छु । ’

पीडित बालिकाका बुवाले भने आफूले वडा र गाउँपालिकामा निवेदन दिएको तर सुनुवाई नभएको गुनासो गरेका छन् । उनले भने ‘न जनप्रतिनिधिको साथ पाए न त गाउँलेको नै पीडामाथिको पीडा भएको छ । छोरीलाई न्याय दिन सबैले पहल गरिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...