वाम एकता अन्तिम तयारीमा, तिन सय एक केन्द्रिय कमिटी, को को छन नयाँ अनुहार



हाम्रो इकोनोमि

एमाले-माओवादी केन्द्र एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदल आफ्नो प्रतिवेदन तयारीको अन्तिम कसरतमा जुटेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी दुवै पार्टीका शीर्ष नेताबीच छलफल चलेपछि कार्यदलले आफ्नो प्रतिवेदन तयारीलाई अन्तिम रूप दिन कसरतमा लागेका हुन् । अन्तरिम विधान र राजनीतिक प्रतिवेदन तयार पार्न ७ फागुनमै एकता संयोजन समितिले दुई वटा छुट्टाछुट्टै कार्यदल बनाएको थियो ।

माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा अन्तरिम विधान र एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन कार्यदल बनाएको थियो ।राजनीतिक प्रतिवेदन बनाउन गठित कार्यदलको आइतबार मात्रै पनि एमाले संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।कार्यदलमा तयार भएको मस्यौदामा आइतबार सदस्यले सुझाव दिएको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिए । नेता नेम्बाङका अनुसार अब १४ गते पुनः कार्यदलको बैठक बसी बुँदागत छलफल गर्दै पारित गर्ने, १४ नभए पनि १५ गतेभित्र प्रतिवेदन तयार पारी एकता संयोजन समितिलाई बुझाउने तयारी भइरहेको छ ।,

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...