पार्टी एकताको साइत जुर्यो,ओली भारत जानु अघिल्लो दिन यसरी हुदैछ एकता



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता चैत २२ मै हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘पार्टी एकताका लागि सबै प्रक्रियाहरु पूरा हुँदैछन् चैत २२ मै एकता हुन सक्छ ।’

एमालेले तयारी पूरा भइसकेको र माओवादीमा अझै तयारी नभएको हो त भन्ने प्रश्नमा गुरुङले भने, ‘हामी पनि तयार भइसक्यौं ।’

गुरुङले तयारीको अल्झनका विषयमा भित्री रहस्य केही नभएको स्पष्ट पार्दै भने, ‘पार्टी एकताका लागि हामी तयार नै छौं भित्री गोप्य केही छैन, बाहिर जस्तो छ चित्र पनि त्यस्तै छ ।’

एकताका मुख्य योजनाकार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बैशाख १० गते पार्टी एकताको घोषणा गर्ने योजना सुनाइरहँदा चैत २२ मै गर्नुपर्नेतर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल अगाडि बढाएपछि माओवादी पनि तात्तिएको हो ।

ओलीको भारत भ्रमण चैत २३ गतेदेखि हुँदै गर्दा त्यसअघि नै सकारात्मक सन्देश प्रवाह गर्नका लागि पार्टी एकता अगाडि गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...