कांग्रेसको केन्द्रीय समितिको बैठकमा देउवालाई सराप्न छोडेर को-को गए खुमबहादुरलाई भेट्न दिल्ली?



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका हक्की नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्थामा सुधार नआएपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक छाडेर महामन्त्री डा. शशांक कोइरालासहितका दर्जन नेता नयाँ दिल्ली पुगेका छन् ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्य विग्रिएपछि एक महिनाअघि एपोलो अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । खड्कासँग भेट गर्नका लागि कसैलाई दिइएको छैन । उनको लिभरले काम गर्न नसकेको अस्पतालले जनाएको छ ।

आफन्तहरूका अनुसार उनको स्वास्थ्यमा कुनैपनि सुधार आउन सकेको छैन । कोइरालासहित उनको स्वास्थ्य बुझ्नका लागि कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि आइतबार दिल्ली गएका छन् ।

उनको स्वास्थ्यअवस्था बुझ्नका लागि नेपाली कांग्रेस ललितपुर जिल्ला सदस्य मिनकृष्ण महर्जनलगायतका नेता दिल्ली पुगिसकेका छन् । तरूण दलका नेता तथा कार्यकर्ता पनि अस्पताल पुगेको बताइएको छ । ‘उनलाई छातीबाट पाइप लगाएर खाना खुवाइएको छ ।’, महर्जनले बताए ।

कांग्रेस नेताहरू देवन्द्रराज कँडेल, मीनकृष्ण महर्जन, तरुण दलका नेता महेश श्रेष्ठसहित अस्पताल परिसरमा रहेका छन् ।

यता, खड्काको स्वास्थ्यको कामना गर्दै भद्रकाली, दक्षिणकाली, काभ्रेपलाञ्चोकसहितका मन्दिरमा पूजाअर्चना गरिएको छ । नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...