ओली सरकारमा नगएको फोरमको जम्बो टोली चीन किन जादैछ? चीनले मधेशीसंग किन गर्दैछ प्रेम ?



हाम्रो इकोनोमि

सरकारमा सहभागी हुन संविधान संशोधनको लिखित सहमति हुनुपर्ने अडान थापेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको जम्बो टोली आज चीन भ्रमणमा जाँदैछ। टोलीको नेतृत्व उपाध्यक्ष रेणु यादवले गर्नेछिन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा फोरमका ७ सांसद र ८ केन्द्रीय सदस्य गरी १५ जनाको टोली आज अपराह्न बेइजिंग प्रस्थान गर्न लागेको हो ।
भ्रमणमा जाने सात सांसदमध्ये ४ जना प्रतिनिधिसभा, दुईजना प्रदेशसभा र एकजना राष्ट्रियसभाका छन्।

प्रतिनिधिसभा सदस्यहरु रेणु यादव, प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय जयराम यादव र रणध्वज लिम्बु तथा राष्ट्रियसभा सदस्य रामप्रीत पासवान चीन जाने तय भएको छ। त्यस्तै केन्द्रीय सदस्यहरू अर्जुन थापा, सञ्जय सिंह, भूराज राई, रामआशिष यादव, शेषनारायण यादव, दिनेशकुमार यादव र मिलनकुमार यादव चीन जाँदै छन्।

भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, चीन सरकारका मन्त्री, बेइजिङ महानगरपालिकाका प्रमुखसँग भेट गर्ने कार्यक्रम छ। सातदिने भ्रमणका लागि निस्किने टोली गोन्जाउ, गुल्याङ हुँदै बेइजिङ पुग्नेछ।

टोलीको नेतृत्व गर्दै चीन जान लागेकी पार्टी उपाध्यक्ष यादवले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चुनावअघि नै आएको बताइन् । उनले भनिन्, ‘चुनावमा व्यस्त हुनुपरेकाले त्यतिबेला जान सकेनौं। अहिले जान लागेका हौं।’मधेस केन्द्रित दललाई चीनले प्राथमिकतामा राखेको उनको भनाई छ ।

यस्तो छ रहस्य

चिनियाँ राजदूतावास निकट स्रोतका अनुसार फोरमका नेताहरुलाई भ्रमणमा बोलाएर चिनियाँ उच्च नेतृत्वले वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन दबाब दिने बुझिएको छ । चिनियाँ पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा फोरमलाई जसरी पनि सहभागी गराउने पक्षमा छन्। त्यसैको प्रतिक्रिया स्वरुप यो भ्रमण हुन लागेको हो । पूर्व परराष्टमन्त्री रहेका अध्यक्ष उपेन्द्र यादवको चीनसँग पहिले देखिनै निकट सम्बन्ध छ । सोही सम्बन्धका कारण अहिले पार्टी नेताले चीन भ्रमणको अवसर पाएका हुन् । भ्रमणका क्रममा चिनियाँहरुले सरकारमा सहभागिताका लागि सुझावमार्फत दबाब बढाउने रणनीति रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...