उपेन्द्र यादवको पार्टीमा पहिरो, केन्द्रीय सचिव अजम्बरले पार्टी छाडे, माओवादी प्रवेशको तयारी



हाम्रो इकोनोमि

 संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङमाङले पार्टी छाडेका छन् । उनी शुक्रवार एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । अजम्बरले एमाले र माओवादी दुवै पार्टीका नेताहरुसँग कुरा गरेरै आफू कम्युनिस्ट आन्दोलनमा फर्किन लागेको प्रतिक्रिया दिए । ५ वर्षअघि नेकपा एमालेमा जातीय सवालमा फरक मत राख्दै अशोक राई, बिजय सुब्बाहरुसँगै विद्रोह गरेका अजम्बरले एकल संकिर्णताबाट मुक्त हुन आफू पुनः कम्युनिस्ट पार्टीमा फर्किएको बताए । माओवादी अध्यक्ष प्रचण्डसँग छलफल भएर केही सैद्धान्तिक विषयमा समझदारीसहित प्रवेश गर्न लागेको उनले पुष्टि गरे ।

२०१९ सालबाट टुक्रिएको नेपालको कम्युनिस्ट आन्दोलन पुनर्गठनको प्रक्रिया शुरु भएको छ । यो अवसरमा म आफूलाई कम्युनिस्ट पार्टीमै जोड्न चाहान्छु । एउटै कम्युनिस्ट केन्द्रमा रहेर योगदान दिनका लागि म फर्किएको हुँ ।’ संघीय समाजवादी फोरमले उठाएका कतिपय कुरा राम्रा भए पनि बिबिधताकोमात्र कुराले एकल संकिर्णतामा फसिने रहेछ ।

काङमाङ संघीय समाजवादी पार्टी खोल्नुअघि एमालेमा केन्द्रीय कमिटीका सदस्य थिए । युवा संघका पूर्वअध्यक्ष समेत रहेका काङमाङ एमालेभित्र प्रखर बौद्धिक नेताका रुपमा चिनिन्थे । तर उनी एमालेमा नफर्की किन माओवादी प्रवेश गर्न लागेका छन् । एमालेसँग पनि सल्लाह भएरै आफू माओवादी प्रवेश गरेको उनले बताए ।

उनले भने- एमाले र माओवादी एउटै हिमश्रृंखलाबाट अघि बढेका दुई धार हुन् । दुई तीन दिनमा भेटिइहाल्छन् एउटै भँगालोमा । अहिले म माओवादी प्रवेश गरेको भन्दा पनि कम्युनिस्ट आन्दोलनमा फर्किएको हुँ । मेरो अपर्झटको यो निर्णयले संसफोमा बसेका धेरै साथीहरुले सम्पर्क गरिरहनुभएको छ । यो निर्णय भनेको उनीहरुका लागि विद्रोहको वाणी हो । एमालेबाट विद्रोह गरेका तत्कालिन नेताहरुमध्ये बिजय सुब्बा यसअघिनै एमालेमा फर्किसकेका छन् । वीरबहादुर लामा र रिजवान अन्सारीले पनि सो पार्टी छाडिसकेका छन् । काङमाङ गत मंसिरको निर्वाचनमा भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट उम्मेदवार बनी एमालेका राजेन्द्र राईसँग निकट प्रतिस्पर्धी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...