देउवालाई किक हान्ने निधीको यस्तो कसरत,देउवालाई सिध्याउन कस्ले बोक्दैछ गिरिजापथ



हाम्रो इकोनोमि

शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व हत्याउन जहाँबाट सुरुवात गरेका थिए, त्यहीँबाट उनको पतनको सुरुवात भएको छ ।
देउवाले भातृसंगठनबाट जित्न सुरु गरेका थिए । अहिले तिनै संगठनले देउवाको साथ छाड्न सुरु गरेका छन् ।

नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी संघमा देउवा समूहले नराम्रोसँग पकड गुमाएको छ । देउवा समूहका अधिकांश उम्मेदवार पराजित भएका छन् ।

शिक्षक संघको अध्यक्षमा सुरेन्द्रराज पौडेल र निजामती कर्मचारी संघको अध्यक्षमा गोपाल पोखरेल विजयी भएका छन् । अध्यक्षमा विजयी भएका पौडेल र पोखरेल देउवा समूहका होइनन् ।

स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले देउवा र उनकी पत्नी आरजु राणा देउवाका कारण पराजय भोग्नु परेको भन्दै शुभेच्छुकहरुले देउवा समूहलाई भोट दिएनन् ।

कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा जितेर संसदीय दलको नेता वा मुख्य सचेतक पद खाने भनेर तयारी गरेकी आरजु पराजित भएपछि रनाह परेकी हुन् ।

आरजुलाई हराउन स्वयं शेरबहादुरका भक्त विमलेन्द्र निधि नै सक्रिय भएका थिए । निधि पहिला आरजुलाई कैलालीबाट जिताउन भनेर सक्रिय भएका थिए । तर, आरजुले निधि र डा.शेखर कोइरालालाई हराउन आफ्ना खास व्यक्तिलाई प्रयोग गरेकी थिइन् । आजकाल निधि नै आरजुको विपक्षमा छन् । देउवासँगको पुरानो सम्बन्धका कारण निधिले गुट छाड्न सकेका छैनन् ।

तर, निधिले मौका मिल्ने वित्तिकै देउवा समूह छाड्ने तयारी गरेको स्रोतको भनाई छ । आरजुले निधि र डा.कोइरालालाई हराउन तिनै व्यक्ति मार्फत पाँच÷पाँच करोड दिएर पठाएको निधिको क्याम्पमा अहिले पनि चर्चा हुने गरेको छ । त्यस बेलाका प्रधानमन्त्री देउवाको पावर लगाएर आरजुले आफ्नै समूहका निधिलाई हराएकी हुन् ।

नत्र धनुषामा निधिले राजेन्द्र महतोलाई हराउने पक्का थियो । मोरङमा डा.कोइरालाको जित पनि पक्का थियो । मोरङमा डा.कोइरालाले ६ सय ७८ मतले एमालेका लालबाबु पण्डितसँग पराजय भोग्नु परेको थियो । त्यही प्रदेशमा चुमनारायण सरदार र केदार कार्की विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...