सात जना प्रहरीलाई भाला हानेर मारेका रेशमलाई ओली सरकारले जेलमै कोच्ने,ओली र प्रचण्डले गरे यस्तो सहमति



सरकारले सांसद रेशम चौधरी लाई रिहा नगर्ने भएको छ । प्रहरीको सबै अनुसन्धानबाट उनी टीकापुर घटनाका मुख्य योजनाकार रहेको प्रमाणित भएको निस्कर्षसहित उनलाई रिहा गर्दा गलत सन्देश जाने भन्दै सरकारले रिहा नगर्ने निष्कर्ष निकालेको छ । अदालतमा प्रहरीले दायर गरेको मुद्दाको फैसला कुर्ने र त्यो भन्दा अगाडि उनलाई रिहा गर्ने विषयमा कुनै राजनीतिक निर्णय नगर्ने सत्ता गठबन्धन दलबीच सहमति भएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ । छलफलमा उनलाई जेल बसाई, उपचार प्रक्रिया सहज बनाउने तर रिहान नगर्नेमा सहमति भएको उच्च स्रोतले जानकारी दिएको छ ।

राजपाले रमेश चौधरीलाई रिहा गरे मात्रै सरकारमा जाने अडान लिएको छ । सांसदको सपथग्रहण भने जेलभित्रै रहेको अवस्थामा गराउन सकिनेमा सरकार सकारात्मक छ । चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेपछि अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका छन् ।

गृहमन्त्री थापाले जुस खुवाएर चौधरीलाई अस्पतालमा अनसन भने तोडाइसकेका छन् । प्रहरीले सम्पूर्ण अनुसन्धानपछि कारवाहीको माग दाबी गरेर फाइल अदालतमा पेश गरिसकेको छ । आईजीपीसहित प्रहरीका उच्च अधिकारीले पनि सांसद चौधरीलाई रिहा नगर्न प्रधानन्त्रीलाई आग्रह गरेका छन् ।

चौधरी अपराधी भएको प्रहरी उच्चअधिकारीको दावी
मंगलबार मात्रै नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले रेशम चौधरीको नेतृत्वमा टिकापुरमा नरसंहार भएको र उनी अपराधी भएको बताएका छन् । चौधरीलगायत घटनामा संलग्नहरूलाई हदैसम्मको सजाय हुनपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङको हाताभित्र निर्मित महिला तथा बालबालिकाका सेवा केन्द्रको भवन उदघाटनका लागि बझाङ पुगेका प्रहरी महानिरिक्षक नेपालले त्यसो बताएका हुन् । भवन उदघाटन कार्यक्रमपछि भएको पत्रकार भेटघाट कार्यक्रममा नेपालले अपराधीलाई अदालतले सजाय दिने बताएका थिए । उनले राजनीतिक निर्णयबाट रिहा गरियो भने चै प्रहरीको क्षेत्र बाहिरको विषय हुने बताए । कैलालीको टिकापुरमा भएको घटनामा एसएसपीसहित ७ जना प्रहरी र एक नाबालकको हत्या भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार  ०५ : ५६  बजे

प्रतिक्रिया दिनुहोस
वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइयो, पदाधिकारी १५ मात्र हुने

    नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने भएको छ । बिहीबार

विद्या भण्डारी राजनीतिमा आउनुहुन्न : अध्यक्ष ओली

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा