सातै प्रदेशका मुख्यमन्त्रीसँग ओलीले भने-देशको अन्तरिक मामिलामा कसैलाई पनि हात हाल्न दिन्नँ



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तरिक मामिलामा कसैलाई पनि हात हाल्न नदिने बताएका छन्।

बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सातै प्रदेशका प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफू नेपाल र नेपालीको पक्षमा उभिन बताए। उनले भने, ‘म देश र देशवासीको पक्षमा उभिन्छु, देशको पक्षमा उभिँदा को रिसाउछ, को खुसाउछ ध्यान दिन्नँ।’

मुख्यमन्त्रीहहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले विकास उन्नति र अन्वेषणका लागि प्रदेश सरकारहरुबीच प्रतिस्पर्धा हुनुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

सातवटै प्रदेशहरुले केन्द्र सरकारसँग सम्न्वय गरेर काम कारबाही अगाडि बढाउनु पर्ने भन्दै प्रधामन्त्री ओलीले योजनवद्ध रुपमा काम अगाडि बढाउनु पर्ने बताए।

हरेक प्रदेशका छुट्टाछुट्टै विशेषता, सम्भावना, चुनौती र समस्याहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले अब तराईमा जाडोले कठांग्रियर कोही पनि मर्नु नपर्ने बताए।

‘हामी मिलेर प्लान वे मा काम गर्नुपर्छ’, उनले भने, ‘पब्लिक क्याम्पसहरु धरासायी छन् , अरु क्षेत्रको पनि हालत त्यस्तै छ सिपयुक्त क्षेत्रको विकास गरेर सबै क्षेत्रमा योजनावद्ध रुपमा काम गरौँ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अहिले सरकारमा छुट्टाछुट्टै दलका रुपमा भए पनि राष्ट्र निर्माणका लागि आफूहरु एकै दल भएको दावी गरे। देशको विकास उन्नतिका काममा कतैबाट पनि विरोध र अवरोध हुन नहुने भन्दै प्रधानमन्त्री ओलीले देशले छिट्टै विकास र समृद्धि हासिल गर्नै दावी गरे।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...